३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

स्मारक लिग ‘ए’ डिभिजन फुटबल : एपीएफ र एन आर टी तथा पुलिस र फ्रेण्ड्स भिड्दै



काठमाडौं । विभागीय टोली एपीएफ फुटबल क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुँदै गर्दा सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबलमा छैटौँ चरणको खेल आज शुक्रबारबाट सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिउँसो १ बजे र अर्को साझ पौने ५ बजे सुरु हुनेछ । पहिलो खेलमा एपीएफ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।

एपीएफ ५ खेलमा ४ अंक जोडेर ११ औं स्थानमा रहेको छ । एनआरटीलाई हराएर एपीएफ अंक तालिका सुधार गर्ने योजनामा छ । एनआरटी ५ खेलमा ६ अंक जोडेर सातौं स्थानमा छ । एपीएफलाई पराजित गर्दै एनआरटी शीर्ष पाँचमा उक्लन चाहन्छ ।

दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस ५ खेलमा ५ अंक जोडेर दशौँ स्थानमा छ । फ्रेन्ड्सलाई हराएर पुलिस अंक तालिका सुधार्ने योजनामा छ ।

फ्रेन्ड्स ५ खेलमा २ अंक जोडेर पुछारमा छ । पुलिसलाई हराएर फ्रेन्ड्स रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ ।

लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । पुछारका दुई टोली रेलिगेसनमा पर्नेछ । जारी लिगमा मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ७ : २९ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा मानसिक स्वास्थ्य र गुणस्तरीय सेवा प्रवाहसम्बन्धी अभिमुखीकरण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मानसिक स्वास्थ्यको वर्तमान अवस्था,

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

ललितपुर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना

बाँकेका प्रहरी प्रमुख जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

काठमाडौँ । शान्ति सुरक्षा, जनशक्ति व्यवस्थापन र प्रविधिमा आधारित प्रहरी

दसैंदेखि छठसम्म वालेटमा एक दिनमा ५० पटकसम्म पैसा जम्मा गर्न सकिने

काठमाडौं । ठूला चाडपर्वलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले वालेटमा

प्रहरी सङ्गठनलाई सक्षम, व्यवसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र