३ पुस २०८२, बिहिबार | December 18, 2025

स्मारक लिग ‘ए’ डिभिजन फुटबल : एपीएफ र एन आर टी तथा पुलिस र फ्रेण्ड्स भिड्दै



काठमाडौं । विभागीय टोली एपीएफ फुटबल क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुँदै गर्दा सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबलमा छैटौँ चरणको खेल आज शुक्रबारबाट सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिउँसो १ बजे र अर्को साझ पौने ५ बजे सुरु हुनेछ । पहिलो खेलमा एपीएफ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।

एपीएफ ५ खेलमा ४ अंक जोडेर ११ औं स्थानमा रहेको छ । एनआरटीलाई हराएर एपीएफ अंक तालिका सुधार गर्ने योजनामा छ । एनआरटी ५ खेलमा ६ अंक जोडेर सातौं स्थानमा छ । एपीएफलाई पराजित गर्दै एनआरटी शीर्ष पाँचमा उक्लन चाहन्छ ।

दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस ५ खेलमा ५ अंक जोडेर दशौँ स्थानमा छ । फ्रेन्ड्सलाई हराएर पुलिस अंक तालिका सुधार्ने योजनामा छ ।

फ्रेन्ड्स ५ खेलमा २ अंक जोडेर पुछारमा छ । पुलिसलाई हराएर फ्रेन्ड्स रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ ।

लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । पुछारका दुई टोली रेलिगेसनमा पर्नेछ । जारी लिगमा मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ७ : २९ बजे

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र