११ कार्तिक २०८३, बुधबार | October 28, 2026

२०७९ फागुनभित्रै तीनै तहका निर्वाचन



काठमाडौं । निर्वाचन आयोगले २०७९ फागुनभित्र स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा गरी तीनै तहका निर्वाचन सम्पन्न गर्नेगरी कार्ययोजनाको तयारी गरेको छ ।

आयोगले २० वैशाखमा देशभरका ७ सय ५३ वटै स्थानीय तहमा नेतृत्व चयनका लागि निर्वाचन गर्न सरकारसँग मिति प्रस्ताव गरेको हो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी ५ जेठमा समाप्त हुँदै छ । यसअघि भने आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन लागेको भन्दै निर्वाचन गर्न २० चैतको मिति प्रस्ताव गरेको थियो ।

कार्ययोजना बनाउँदै निर्वाचन आयोग

यसैगरी, ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको निर्वाचन पनि २०७९ फागुनभित्रै गर्नेगरी आयोगले तयारी गरिरहेको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए । २०७९ मंसिरमा प्रदेश र प्रतिनिधि सभाको कार्यकाल पनि सकिँदै छ ।

काभ्रेको धुलिखेलमा आयोजित ‘निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी महिला पत्रकारसँग कार्यशाला गोष्ठी’मा थपलियाले तीनै तहका निर्वाचन’दयगत आयोगको योजना’दयगत धारणा राखेका हुन् ।

सो कार्यक्रममा थपलियाले देशको संविधान र निर्वाचन कानुनमा कार्यकाल सकिएपछि कुनै पनि तहमा म्याद थपको व्यवस्था नभएकाले कार्यकाल सकिनुअघि नै आयोगले निर्वाचन गर्नैपर्ने बताए ।

उनका अनुसार सो समयभित्रै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पनि गर्ने आयोगको तयारी छ । आयोगले सोहीअनुसार कार्ययोजना बनाएर सरकारसँग निर्वाचन’दयगत छलफल गर्ने तयारी गरिरहेको हो ।

निर्वाचन आयोगले हाल भने राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदका लागि १२ माघमा निर्वाचन गर्ने गरी तयारी तीव्र बनाएको छ ।

सरकारसमेत संसद्मा जारी अवरोधका कारण अब छिट्टै निर्वाचन केन्द्रित हुने मनस्थितिमा छ । त्यसै कारण सरकारले प्रदेश सभा र प्रतिनिधि सभातर्फ रिक्त पदमा उपनिर्वाचन गर्न रुचि देखाएको छैन । हाल प्रतिनिधि सभातर्फ चार र प्रदेश सभातर्फ १८ पद गरी २२ पद रिक्त छ ।

आयोगले निर्वाचनका विषयमा केही दिनभित्रमा नै सरकारसँग परामर्शसमेत गर्ने बताइएको छ । यसैगरी, राजनीतिक दल तथा सुरक्षा निकायसँग पनि निर्वाचन रणनीति’दयगत आयोगले छलफल गर्नेछ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ७ : ३८ बजे

भूमिगत राजनीतिदेखि कृषि उद्यमसम्म : म्याग्दीका पूर्व संविधानसभा सदस्य श्रीसको नयाँ यात्रा

म्याग्दी । कुनै समय भूमिगत राजनीतिमा सक्रिय रहेका म्याग्दीको मङ्गला

भारतीय फूलको आयात रोक्न झापाका किसानको माग

झापा । व्यावसायिक फूलखेती गर्दै आएका झापाका किसानले भारतीय सयपत्री

मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको आग्रह

मुस्ताङ । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले यही कात्तिक १२

चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

दाङ । बंगालको खाडीमा विकसित ‘अर्नाव’ चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका

भोजपुरमा धान थन्क्याउन कामदार अभाव, युवा पलायनले किसान मर्कामा

भोजपुर । गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी र सहरतर्फ पलायन