२१ मंसिर २०८२, आइतबार | December 7, 2025

माओवादी केन्द्र राष्ट्रिय सम्मेलनः दाहालको विकल्प दाहाल



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । ११-१३ पुसमा काठमाडौंको प्रज्ञा भवनमा हुने सम्मेलनमा १ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुँदै छन् ।

माओवादी केन्द्रको विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन हुनेछ । यद्यपि नेताहरूले विधान संशोधन गरेर पदाधिकारी संख्या बढाउने’bout छलफल गरिरहेका छन् ।

माओवादी केन्द्रले विधान परिमार्जन गर्न विधान मस्यौदा समिति गठन गरेको छ । राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने विधानमा आवश्यक परिमार्जन गर्न स्थायी कमिटीका सदस्य देव गुरुङको संयोजकत्वमा जनार्दन शर्मा, लीलामणि पोखरेल, पम्फा भुसाल र मातृकाप्रसाद यादव रहेको समिति गठन गरिएको छ ।

महासचिवमा को ?

विधान मस्यौदा समितिका संयोजक गुरुङले सम्मेलनको हलबाट पारित हुने व्यवस्थाअनुसार पदाधिकारी चयन गरिने बताए । पदाधिकारी संख्या बढाउने’bout छलफल जारी रहेको बताउँदै उनले सम्मेलनले नै अन्तिम टुंगो लगाउने बताए ।

अध्यक्षमा दाहाल

माओवादी केन्द्रको अध्यक्षमा पुनः पुष्पकमल दाहाल नै आउने भएका छन् । दाहालको विकल्पमा अर्को नेता नभएकाले उनी नै फेरि अध्यक्ष बन्नेछन् । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गुरुङले विगत तीन दशक बढी समयदेखि पार्टीको नेतृत्व गर्दै आएका नेता भएको ठाउँमा अर्को नेता आउने सम्भावना नभएको बताए । ‘उहाँ (दाहाल) नै फेरि अध्यक्ष बन्नुहुन्छ । विगत तीन दशक बढी समयदेखि उहाँले पार्टीको नेतृत्व गर्दै आउनुभएको छ । उहाँ हुँदाहुँदै अर्कोले दाबी गर्ने सम्भावना छैन्,’ गुरुङले भने ।

माओवादी केन्द्रका अर्का नेता राम कार्कीले तीन दशकदेखि पार्टी अध्यक्ष रहेका दाहालको विकल्प आगामी सम्मेलनमा पनि नदेखिएको बताउँछन् । माओवादीमा दाहालको उत्तराधिकारी बन्न सक्ने वैचारिक नेतासमेत नदेखिएको कार्कीको दाबी छ ।

‘पार्टी अध्यक्ष फेरिने स्थिति देख्दिनँ । त्यो हुनुपथ्र्यो, भएन । कांग्रेसमा पनि त्यो देखिएन, एमालेमा पनि देखिएन’ नेतृत्व परिवर्तको सम्भावना’boutमा कार्कीले भने ।

विगत १५-२० वर्षदेखि नेपालको राजनीति विचारबाट निर्देशित भएर अघि नबढेको बताउँदै उनले प्रमुख पार्टीहरूमा नेतृत्वलाई चुनौती दिन सक्ने नेता नजन्मिएको बताए ।

‘नेता भनेको कहिले पनि अंश दिएर हुने होइन । त्यसरी त शिष्य मात्रै हुन्छन् । नेता हुनलाई त वैचारिक बहससहित आउनुपर्छ । विचारधारात्मक छलफल जहाँ हुन्छ, त्यहाँ नेता आउँछन्,’ उनले भने ।

माओवादी केन्द्रका अर्का स्थायी कमिटी सदस्य गणेश साहले सम्मेलनबाट नेतृत्व परिवर्तन हुने सम्भावना नभएको बताए । सम्मेलनबाट अध्यक्षमा पुनः दाहाल नै आउने उनले बताए ।

‘पार्टी र देशमा दाहालको विकल्पमा कोही नेता म देख्दिनँ । पार्टीको नेतृत्व लिएर देशको समेत नेतृत्व गर्दै उहाँ अगाडि बढनुहुन्छ । अहिलेको आवश्यकता पनि यहीँ नै हो’ साहले भने ।

पार्टीको रणनीति र नेतृत्व’bout निर्णय लिने राष्ट्रिय सम्मेलनबाट नेकपा एमाले र नेपाली कांग्रेसमा जस्तै माओवादीमा पनि पुरानै पार्टी प्रमुख दोहोरिने निश्चितजस्तै रहेको विश्लेषण भइरहेको छ ।

अध्यक्षका दाबेदारका रूपमा देखिएका शीर्ष नेताहरूले पार्टी परित्याग गरिसकेका छन् । अध्यक्ष दाहालसँग वैचारिक मतभिन्ता रहेका नेताहरू डा. बाबुराम भट्टराई, मोहन वैध किरण, रामबहादुर थापा ‘बादल’ नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताहरू माओवादी परित्याग गरी अन्य पार्टीमा छन् ।

पदाधिकारीमा को-को ?

माओवादी केन्द्रको अध्यक्षमा दाहाल पुनः दोहोरिने निश्चित छ । तर, अन्य पदाधिकारीमा को आउने भन्ने विषयमा समेत चर्चा भइरहेको छ ।

माओवादी केन्द्रका पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्वमहासचिव कृष्णबहादुर महरा, संगठन विभाग प्रमुख जनार्दन शर्मा, पूर्वसचिव वर्षमान पुन, स्थायी कमिटीका सदस्यहरू देव गुरुङ, पम्फा भुसाल, लीलामणि पोखरेल, गणेश साह, देवेन्द्र पौडेल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मातृका यादव, महेन्द्रबहादुर शाहीलगायतका नेताहरू पदाधिकारीका आकांक्षी छन् ।

तर, कसैले पनि कुन पदमा उम्मेदवारी दिने भन्ने’bout औपचारिक रूपमा घोषणा गरेका छैनन् । माओवादी स्रोतका अनुसार उपाध्यक्षमा श्रेष्ठ हुने निश्चित छ । अध्यक्षपछिको शक्तिशाली मानिने महासचिवका लागि महरा, भुसाल, गुरुङ, शर्मा, पुनसहित पाँच नेताको दाबी छ । यीमध्येबाट एक जना महासचिव हुने अरू नेता उपाध्यक्ष हुन सक्ने बताइन्छ ।

सोही कारण माओवादीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिवको संख्या बढाएर नेताहरूको व्यवस्थापन गर्ने’bout छलफल भइरहेको छ । अन्य नेतालाई उपमहासचिव, सचिव बनाउने गृहकार्य भइरहेको छ । आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ७ : ४६ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल