२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप : महिला भलिबल टोलीको लगातार दोस्रो जित, लक्ष्मीको डेब्यु



काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । बंगलादेश ढाकाको सहिद सुरावर्दी कभर्डहलमा जारी प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हरायो ।

सुरुवाती समयबाटै दबाब दिएको साविक टोली नेपालले लगातार १० अंक जोडेपछि माल्दिभ्सले पहिलो सेटमा पहिलोपटक टाइम आउट लिन बाध्य भएको थियो । माल्दिभ्सले चार अंकमात्र बनाएको थियो ।

मुख्य प्रशिक्षक जगदीश भट्टले अनुभवी खेलाडी ओपन स्पाइकर प्रतिभा माली र सरस्वती चौधरीलाई बाहिर राख्दै उनीहरुको स्थानमा पहिलो रोजाइमा नयाँ खेलाडी शान्ति थारू, कामना विष्टलाई कोर्टमा उतारेका थिए ।

यस्तै राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएकी लक्ष्मी चन्दले समेत डेब्यु गरिन् । नेपाल पुलिस क्लबकी खेलाडी चन्दले पहिलो पटक टोलीमा स्थान बनाएकी हुन् ।

पहिलोपटक राष्ट्रिय टोलीमा परेका शान्ति र कामनाले श्रीलंकाविरुद्धको खेलबाट नै डेब्यु गरिसकेका छन् । साविक विजेता नेपालले माल्दिभ्सलाई २५-११, २५-९ र २५-५ मा स्तब्ध पार्‍यो ।

प्रशिक्षक भट्टले अन्तिम सेटमा प्रतिभा र सरस्वतीलाई कोर्टमा उतारेका थिए । बिहीबार आफ्नो पहिलो खेल खेलेको नेपालले श्रीलंकामाथि ३–२ को जित हात पारेको थियो ।

नेपालले शनिबार आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । खेल बिहान ९ः१५ मा हुनेछ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १ : ०४ बजे

लैङ्गिक र समावेशी बजेटको खोजी

काठमाडौं । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान

जसपा प्रदेशका प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा

राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

काठमाडौं । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ