८ बैशाख २०८१, शनिबार | April 20, 2024

अन्तराष्ट्रिय उडानमा नेपाल एयरलाइन्सको २५ प्रतिशत बजार हिस्सा



काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीको असहज परिस्थितिमा पनि अन्तर्राष्ट्रियतर्फ सन्तोषजनक व्यापार गरेको छ ।

निगमले सन् २०२० मा अन्तर्राष्ट्रिय गन्तव्यमा २५ प्रतिशत बजार हिस्सा ओगटेको छ । महामारीका बेला सीमित सङ्ख्याका अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान भएकाले निगमको व्यापार बढेको हो । महामारीका बेला सीमित सङ्ख्याका अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गरेकाले निगमको व्यापार हिस्सा बढेको निगमका कर्पोरेट निर्देशक अर्चना खड्काले जानकारी दिए ।

“महामारीकाबेला सन् २०२० मा निगमको व्यापार हिस्सा राम्रो देखिनुमा सीमित एयरलाइन्सले उडान सञ्चालन गरेर हो । अघिल्लो वर्ष निगमले प्रतिस्पर्धी एयरलाइन्ससँग पनि व्यापार हिस्सा राम्रै गरेको थियो”, निगमले कोभिड महामारीपूर्व सन् २०१९ मा अन्तर्राष्ट्रियतर्फ १७.८० प्रतिशत व्यापार हिस्सा ओगटेको थियो । त्यस्तै सन् २०१८ मा ११.३ र सन् २०१७ मा ९.७० प्रतिशत व्यापार गरेको थियो । त्यसअघि सन् २०१५ मा जम्मा ७।९० प्रतिशत रहेकामा सन् २०१६ मा १०.९० प्रतिशत व्यापार हिस्सा ओगटेको थियो ।

निगमले अन्तर्राष्ट्रियस्तरमा दुई वाइडबडी र दुई न्यारोबडी जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ । भारतका तीन नयाँदिल्ली, मुम्बई र बैङ्लोर तथा जापानको नारितामा, मलेसियाको क्वालालम्पुर, हङ्कङ, थाइल्याण्डको बैंकक, कतारको दोहा र दुबईमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । नेपालले हाल ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको छ । हाल तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको अन्तर्राष्ट्रिय गन्तव्यमा बजार हिस्सा बढाउने गरी भएका जहाजको प्रभावकारी व्यवस्थापन र आवश्यक जहाज खरिदका लागि कार्ययोजनाका साथ अघि बढेको जानकारी दिए । जहाज थपेर व्यापार बढाउने कार्ययोजनाका साथ काम अघि बढाउन निगम लागि परेको बताए । निगमले दक्षिण कोरिया, चीनको ग्वाङ्जाओलगायत गन्तव्यमा पनि उडान विस्तार गर्ने योजना बनाएको थियो । महामारीले उक्त योजना सार्थक हुन सकेको छैन ।

सिड्नीदेखि लण्डनसम्म उडान योजना

निगमले आगामी छ वर्षभित्र अन्तर्राष्ट्रिय उडानमा थप १४ जहाज गरिद गर्ने योजना बनाएको छ । पाँचवर्षे कार्ययोजना बनाएर सन् २०२७ सम्म अन्तर्राष्ट्रिय उडानमा छ वटा वाइडबडी र आठ वटा न्यारोबडी गरी १४ वटा जहाज खरिद गर्ने योजना बनाएको हो । पाँचवर्षे कार्ययोजना बन्दै गरेको निगमका निर्देशक खड्काले बताए ।

निगमले अन्तर्राष्ट्रियतर्फ छ वर्षभित्र लण्डनदेखि सिड्नी तथा टोकियो, कोलकाता, ग्वाङ्जाओ, कोलम्बो, सङ्घाई, इन्चेन, अहमदाबाद, रियाद, इण्डोनेसिया र फ्र्यांकफर्ट उडान गर्ने दाबीसहित कार्ययोजना बनाइरहेको हो । निगमले तत्कालै साउदी अरेबियाको रियादमा सातामा दुई उडान गर्नेगरी अन्तिम तयारी गरेको छ । दुबई गन्तव्यमा उडान सङ्ख्या थपेको छ । भारतका तीनवटै गन्तव्यमा उडान सञ्चालन गर्ने योजना बनाएको छ । महामारीका कारण हाल नयाँदिल्ली गन्तव्यमा मात्रै उडान भइरहेको छ । छिट्टै बैङ्लोर र मुम्बइमा पनि उडान गर्ने तयारी भइरहेको निगमले उल्लेख गरेको छ । निगमले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गन्तव्यमा उडान गर्ने आवश्यक जहाज खरिद गर्नका लागि सरकारसँग रु १५ अर्ब माग गरेको छ । झण्डै रु ५० अर्ब ऋणभार बेहोरिरहेको निगमको जहाजका लागि लगानीबाहेक भन्सार छुट, ग्राउन्ड ह्यान्डलिङ सेवा निगमलाई नै सीमित राख्न मन्त्रालयसँग अनुरोध पनि गरेको छ । महामारीका कारण निगमले करिब २० महिनाको अवधिमा रु नौ अर्ब आम्दानी गुमाएको जनाएको छ ।

निगमको आन्तरिकतर्फ व्यापार खुम्चिएको छ । उक्त वर्ष निगमले जम्मा दुई प्रतिशत व्यापार गरेको छ । आन्तरिकतर्फ जहाज अभावले व्यापार अभिवृद्धि गर्न नसेकेको निगमले जनाएको छ । निगमसँग आन्तरिकतर्फ जम्मा दुई वटा टुइनअटर जहाज छन् । यी जहाजले विभिन्न १७ गन्तव्यमा उडान भर्दै आएका छन् । काठमाडौँबाट ताप्लेजुङ, भोजपुर, थामखर्क, लुक्ला, खानीडाँडा, फाप्लु, दाङ तथा पश्चिममा नेपालगञ्जबाट बाजुरा, सिमकोट, जुम्ला, रुकुम, ताल्चा, बझाङ, साँफेबगर र डोटीसम्म उडान गर्दै आइरहेको छ ।

निगमले आन्तरिकतर्फ थप १८ थान जहाज खरिदका लागि माग गरेको छ । निगमले दुर्गम तथा हिमाली भेगका लागि आठ वटा र सुगम रुटका लागि १० वटा जहाज खरिदका लागि मन्त्रालयमा कार्ययोजना पेश गर्ने तयारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ ३०० हाराहारी उडान भइरहेको छ । ६३ वर्षे इतिहास बोकेको निगममा हाल सीमित जहाज भएकाले अन्य एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न सकेको छैन । निगममा हाल स्थायी र अस्थायी तथा अन्य प्रकृतिका गरी कूल एक हजार ३६९ कर्मचारी कार्यरत छन् । -रासस

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  २ : ५४ बजे

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको