३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्च कांग्रेसले आफ्नै खर्चमा मर्मत गर्ने



काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको ऐतिहासिक खुलामञ्च परिसर आफ्नै खर्चमा मर्मत तथा पुनर्स्थापना गर्ने भएको छ। कांग्रेसले खुलामञ्चलाई पुरानै सुन्दर र हराभरा अवस्थामा फर्काउन नयाँ दुबो रोप्ने तथा आवश्यक मर्मतसम्भार गर्ने सम्झौता गरेको हो।

कांग्रेसले असोज १८ देखि २३ गतेसम्म खुलामञ्चमा महाधिवेशनका कार्यक्रम आयोजना गरेको थियो। सोही क्रममा मैदान तथा संरचनामा पुगेको क्षतिलाई काठमाडौं महानगरपालिकाको नियम र मापदण्डअनुसार सुधार गरी खुलामञ्चलाई पूर्ववत् अवस्थामा फर्काउने जिम्मेवारी सेवा प्रदायक संस्था माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिलाई दिइएको छ।

मर्मतसम्बन्धी सम्झौतापत्रमा कांग्रेस महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माको रोहवरमा कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल र माउन्ट एभरेस्ट इभेन्ट्सका प्रतिनिधि थमन भुसालले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार महाधिवेशनका क्रममा क्षति पुगेका खुलामञ्चका भागमा जमिन सम्याएर उच्च गुणस्तरको दुबो रोपिनेछ। त्यसपछि प्राविधिक निगरानीमा दुबोको स्याहार, सिँचाइ तथा संरक्षण गरी परिसरलाई हराभरा बनाइनेछ। यसका लागि लाग्ने सम्पूर्ण खर्च नेपाली कांग्रेसले नै व्यहोर्ने कार्यवाहक मुख्यसचिव दुलालले जानकारी दिए।

खुलामञ्चको पुनर्स्थापनाका लागि ४५ दिनको समयसीमा निर्धारण गरिएको छ। पहिलो १५ दिनभित्र दुबो रोप्ने काम सम्पन्न गरिनेछ भने बाँकी ३० दिन दुबो हुर्काउने, सिँचाइ गर्ने र मैदानलाई पूर्ण रूपमा हराभरा बनाउने काम गरिनेछ।

दुबो रोप्ने तथा स्याहार–संरक्षण गर्ने कार्यमा कांग्रेसको केन्द्रीय कार्यालयले काठमाडौं महानगर समितिलाई स्वयंसेवक परिचालनको जिम्मेवारीसमेत दिएको छ। उक्त कार्यको संयोजन काठमाडौं महानगर समितिका सभापति इन्जिनियर सुसन वैद्यले गर्नेछन्।

पुनर्स्थापनाको काम सम्पन्न भएपछि काठमाडौं महानगरपालिकाको मापदण्डअनुसार हस्तान्तरण गर्न योग्य अवस्थामा खुलामञ्च परिसर महानगरलाई बुझाइने वैद्यले बताए।

वित्तीय सम्झौताअनुसार कुल सम्झौता रकमको ८० प्रतिशत पेश्कीका रूपमा उपलब्ध गराइनेछ भने बाँकी २० प्रतिशत काम सम्पन्न भएपछि भुक्तानी गरिनेछ।

महाधिवेशनका क्रममा सार्वजनिक स्थलमा पुगेको क्षतिको मर्मत आफ्नै खर्चमा गर्ने कांग्रेसको निर्णयले सार्वजनिक सम्पत्तिको संरक्षण र वातावरणीय जिम्मेवारीप्रति राजनीतिक दलहरूको भूमिकाबारे सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ११ : १५ बजे

प्रहरी सङ्गठनलाई सक्षम, व्यवसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र

एमाले केन्द्रीय कार्यालयको सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं। एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ

महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्च कांग्रेसले आफ्नै खर्चमा मर्मत गर्ने

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको

कांग्रेस खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत

ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा ललितपुर

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएका