६ पुस २०८२, आइतबार | December 21, 2025

वुमन केयर नेपालद्धारा बुटवलमा आँखा शिविर तथा खाद्यान्य वितरण



बुटवल । वुमन केयर नेपाल रुपन्देहीले बुटवलको १२ दुर्गानगरमा सुक्रबार आँखा शिविर तथा विपन्नहरुलाई खाद्यान्य वितरण गरेको छ ।

विपन्नहरुलाई चामल, अटा, चना, तेल, चिनी,नुन,लगायत खाद्यन्य विवरण गरिएको छ।भने आखाँ शिविर सम्पन्न गरेको छ ।

बुटवल लायन्स आँखा अस्पतालको प्राविधिक सहयोगमा ३ सय ५० जना आँखा परिक्षण गरिएको छ ।त्यँहा आखाँ परिक्षण गर्दा मोतियाबिन्दु रोग देखिएका विरामीहरुलाई नि। शुल्क रुपमा अपरेसन समेत गरिने छ ।

वुमन केयर नेपालकी अध्यक्ष रिता क्षेत्रीको अध्यक्षता भएको कार्यक्रममा बुटवल लायन्स आँखा अस्पताल अध्यक्ष एवं नेपाली काँग्रेसका नेता रामेश्वर श्रेष्ठले वुमन केयरले विपतको धेरैलाई सहयोग गरेको स्मरण गर्दे समाजमा सवै समेट्ने गरी सहयोगको काम गरेमा प्रसँसा गरे।

कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश सदस्य प्रेम पौड्यल, नेपाली काँग्रेस वार्ड नम्बर १२ का सभापति धर्मराज शर्मा, राष्ट्रिय मानव अधिकारी प्रतिष्ठान रुपन्देहीका अध्यक्ष राजु बन्जाडे, वुमन केयरका खेम भुषाल, सावित्रा न्यौपाने लगायत बोल्दै स्वास्थ्य शिविर र खाद्यान्य विवतरणले विपन्नहरुलाई राहत मिलेको बताएका थिए । नेपाल वुमन केयर नेपालले विभिन्न ठाउँ स्वास्थ्य शिविर र राहत वितरण गर्ने जारी राख्ने संस्थाकी सचिव मिना जिसीले बताईन्।संस्थाले यसअधि रुपन्देहीमा फर्साटिकरमा शिविर गर्दा ६ सय जनाले लाभ लिएका थिए ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ३ : ५० बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा