३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलको प्रतिनिधिको संख्या १६०८ पुग्यो



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधिको संख्या टुङ्ग्याएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले देशभरीबाट चुनिएर आएका प्रतिनिधिहरुमा १० प्रतिशत मनोनित गरेर सम्मेलनको प्रतिनिधिको संख्या टुङ्याएको हो ।

बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता कृष्णबहादुर महराले नियमित प्रक्रियाबाट आएका १४८३ र त्यसको १० प्रतिशत मनोनयन गर्ने स्थायी कमिटीले निर्णय गरेको जानकारी दिए । प्रतिनिधि मनोनयनको जिम्मा बैठकले पार्टी अध्यक्ष प्रचण्डलाई दिइएको प्रवक्ता महराले बताए । माओवादी केन्द्रले कुल छानिएर आएको संख्याको ५ प्रतिशत केन्द्रीय कमिटीले थप गर्ने भनिएपनि प्रतिनिधि बन्ने आकाँक्षिहरुको संख्या ठुलो देखिएपछि त्यसलाई बढाएर १० प्रतिशतमा पुर्याएको हो ।

नयाँ निर्णय अनुसार १० प्रतिशत मनोनयन गर्दा १ सय ४८ जना प्रतिनिधि छानिने छन् । माओवादीले यसअघि सम्मेलनमा १५ सय ३३ प्रतिनिधि हुने भनेको भए पनि अब त्यो संख्या १६ सय ८ हुने भएको छ ।

आज प्रतिनिधिको संख्या टुङ्याएर सकिएको बैठक शनिबार फेरि बस्ने महराले जानकारी दिए । शनिबारको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक दस्तावेजमाथि छलफल हुने बताइएको छ । नेकपा माओवादीको राष्ट्रिय सम्मेलन यही पुस ११–१३ मा काठमाडौमा हुँदैछ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ६ : ३० बजे

दसैंदेखि छठसम्म वालेटमा एक दिनमा ५० पटकसम्म पैसा जम्मा गर्न सकिने

काठमाडौं । ठूला चाडपर्वलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले वालेटमा

प्रहरी सङ्गठनलाई सक्षम, व्यवसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र

एमाले केन्द्रीय कार्यालयको सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं। एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ

महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्च कांग्रेसले आफ्नै खर्चमा मर्मत गर्ने

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको

कांग्रेस खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत

ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा ललितपुर