३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

मुख्यमन्त्री पदको सपथ खाएको २ महिना पुग्न थाल्दा समेत पूर्णता पाएन कर्णाली प्रदेश सरकारले



सुर्खेत । कर्णाली प्रदेशमा दुई महिना पुग्न लाग्दा पनि मन्त्रमण्डलले पुर्णता पाउन सकेको छैन । कार्तिक १६ गते शपथ लिएका कर्णली प्रदेशका मुख्यमन्त्री जीवन वहादुर शाहीलाई मन्त्री मण्डल पुर्णता दिन हम्मे हम्मे परेको छ ।

सविधानको घारा १६८ को उपधारा २ वमोजीम मुख्य मन्त्री बनेका शाहीले प्रतीपक्षमा वस्दा प्रशंसा बटुले पनि अहिले उनीमाथि असक्षमताको आरोप सहित आलोचना हुन थालेको छ । लामोसमय सरकारले पुर्णता नपाउनु गठवन्धनका दलहरूले मन्त्रिपरिषदलाई पूर्णता दिन चासो नदेखाएका कारण मन्त्री शाही मात्र नभएर पुरा गठवन्धन माथिनै प्रश्न चिन्ह खडा भएको छ ।

गठवन्धन भित्र मन्त्रालय भागबण्डाको विषयमा तीनै दलको दावी रहेकाले मुख्यमन्त्रीको सचिवालयले पनि पुर्णता पाएको छैन । नेकपा एकीकृत समाजवादीकी प्रमुख सचेतक देवी ओली का अनुसार आफुले मुख्यमन्त्रीको मत लिएपछी दलहरु वीच कुनै छलफल नभएको वतउँछिन् । ओलीले वैशाख ३ को कुरालाई विर्सन नहुने भन्दै दलहरुको माग मुख्य मन्त्रीले सम्बोधन नगरे गठवन्धन टुट्न सक्ने वताउँछिन् ।

नेकपा एकीकृत समाजवादीका प्रदेश इन्चार्ज प्रकाश ज्वालाले पनि सहमती भन्दा बाहीर जान नमिल्ने बताए । पुर्व मुख्य मन्त्री नेकपा माओवादी केन्द्रका नेता महेन्द्र वहादुर शाहीले मन्त्रालयको भागवण्डा नमिलेको र पूर्व सहमति अनुसार काम नभएकाले पूर्णता पाउनमा ढिलाई भएको बताए । उनले मुख्यमन्त्री जीवन बहादुर शाहीले नै गैर जिम्बेवारीपन देखाएको आरोप लगाए ।

कर्णाली पुर्व संसद नेता धर्मराज रेग्मीका अनुसार कर्णाली प्रदेशमा अल्पमतले सरकार चलाउने वहुमत बाहीर वस्ने भएको टिप्पणी गरे । मध्यपश्चिम नागरिक अगुवा पिताम्बर ढकाल अल्पमतका सरकारहरुको कुनै भर नहुने वताए । कर्णाली सरकारलाई ‘त्रिशङ्कु’को संज्ञा दिँदै उनले टाउको काँग्रेसको भए पनि हातखुट्टा समात्ने काम माओवादी र एकीकृत समाजवादीको भएकाले मुख्यमन्त्री शाहीलाई गलपासो भएको तर्क गरे ।

‘लामो समयसम्म सरकारले पूर्णता नपाउनु, कार्यसम्पादनमा समस्या आउनु भनेको मुख्यमन्त्री नै असक्षमतातर्फ उन्मुख हुनु हो, उनले भने, ‘एउटै व्यक्तिले सबै मन्त्रालय चलाउन सक्ने स्थिति पनि हुँदैन र संविधानको भावनाले पनि त्यस्तो मान्दैन ।’

 

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ९ : ३४ बजे

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

ललितपुर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना

बाँकेका प्रहरी प्रमुख जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

काठमाडौँ । शान्ति सुरक्षा, जनशक्ति व्यवस्थापन र प्रविधिमा आधारित प्रहरी

दसैंदेखि छठसम्म वालेटमा एक दिनमा ५० पटकसम्म पैसा जम्मा गर्न सकिने

काठमाडौं । ठूला चाडपर्वलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले वालेटमा

प्रहरी सङ्गठनलाई सक्षम, व्यवसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र

एमाले केन्द्रीय कार्यालयको सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं। एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ