३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

हिमपातले ताप्लेजुङको जनजीवन प्रभावित



ताप्लेजुङ । ताप्लेजुङका विभिन्न हिमाली बस्तीमा हिमपात पर्न सुरु भएको छ । समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका-६ घुन्सा गाउँलगायत हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै जनजीवन प्रभावित हुन पुगेको हो ।

घुन्सा क्षेत्रमा बुधबारदेखिनै सामान्य रुपमा हिमपात हुन सुरुभए पनि शुक्रबार भने निकै बाक्लो हिमपात पार्न थालेको घुन्साका स्थानीय पेमा शेर्पाले बताए । उनले भने, ´अहिले पनि हिउँ परिराछ । मौसम खराब छ । चिसोले बाहिर निस्कनै समस्या भएको छ ।` हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बढी बालबालिका र जेष्ठ नागरिक प्रभावित भएको शेर्पाले बताए ।

हिमपात पर्न सुरुभएसँगै विद्यार्थी विद्यालय आउन नसक्ने भएकाले गत सातादेखि विद्यालयसमेत बन्द गरेको घुन्सा आधारभूत विद्यालयका शिक्षक केल्साङ शेर्पाले बताए । उनले भने, ´चिसोले केटाकेटीहरूको हात कक्रिन्छ । कक्षा कोठामा बस्नै सक्दैन । हिमाली गाउँमा न्यानो कपडा किन्न पसल पनि हुँदैन । त्यसैले विद्यालय अहिले बन्द गरिएको छ ।`

हिमपातले जनजीवन प्रभावित हुनका साथै पशुचौपायसमेत प्रभावित हुने घुन्साका स्थानीय टासी तेन्जीले शेर्पाले बताए । हिमाली क्षेत्रका प्रमुख पुर्खौली पेसाको रूपमा पशुपालन गर्दै आएको छ । तर, हिमपातको समय पशु जोगाउने मुस्किल पर्ने शेर्पाले बताए । सबैभन्दा याक चौँरीको बाछाबाछीहरूलाई हिमपातको समयमा जोगाउने समस्या हुने शेर्पाले बताए ।

त्यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुगोला र चार हजार २०० मिटर उचाइमा अवस्थित याङमा बस्तीमा पनि हिमपात भइरहेको स्थानीय तेन्जी शेर्पाले बताए । मिक्वाखोला गाउँपालिका-६ तोक्पेगोला क्षेत्रमा पनि हिमपात जारी रहेको मिक्वाखोला गाउँपालिका-६ का वडा अध्यक्ष डन्डु शेर्पाले बताए ।

त्यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा पनि सामान्य हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देश मनमणि काफ्लेले जानकारी दिए । सामान्य हिमपात मात्र भएकाले तीर्थ यात्रीहरू भने पाथीभरा मन्दिरमा पूजा पाठ गर्न जाने क्रम जारी रहेको काफ्लेले बताए । शुक्रबार ३०० जना भक्तजनले पाथीभरा मन्दिरमा पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ५ : ०९ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र