२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

यातायात कार्यालयको स्थान विषयमा कपिलवस्तुमा विवाद, बुद्धभुमी र कपिलवस्तु नगरपालिका यातायात कार्यालय तानातान् गर्दै



कपिलवस्तु । लुम्बिनी प्रदेश सरकारले कपिलवस्तुमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने निर्णय गरेसँगै कार्यालय रहने स्थानका विषयमा कपिलवस्तुमा विवाद सुरु भएको छ । प्रदेश सरकारले कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा कार्यालय स्थापना गर्ने निर्णय गरेपछि अर्घाखाँची सहित सडक यातायात प्रयोगकर्तालाई अपायक पर्ने भन्दै सरकारको निर्णयको आलोचना भएको छ ।

कपिलवस्तुको बुद्धभुमी नगरपालिकाले निर्णय नै गरेर कार्यालय राख्ने स्थानका बिषयमा पुनर्विचार गर्न प्रदेश सरकारसँग आग्रह गरेको छ । नगरपालिकाले अर्घाखाँची र कपिलवस्तुलाई लक्षित गरी स्थापना गर्न लागिएको यातायात व्यवस्था कार्यालयलाई पायक पर्ने स्थानमा राख्न माग गरेको हो । यातायात व्यवस्था कार्यालयलाई सेवाग्राहीलाई सहज गराउने गरी स्थान तोक्न श्रम, रोजगार, यातायात व्यवस्था मन्त्री पुर्मती ढेगा मगरसँग भेटेरै आग्रह गरिएको अनुरोध गरिएको बुद्धभुमी नगरपालिका नगरप्रमुख केशवकुमार श्रेष्ठले जानकारी दिए ।

श्रम, रोजगार, यातायात व्यवस्थामन्त्री मगरले प्रदेश सरकारले सबैको पायक पर्ने गरी कार्यालय स्थापना गर्ने प्रतिबद्धता जाहेर गरेको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार प्रदेश सरकारले सबै क्षेत्रको भावना समेट्ने भएकोले जग्गा व्यवस्थापन र जनप्रतिनिधिको समन्वयमा कार्यालय राख्न सकिने आश्वासन दिएकी छिन् ।

मन्त्रालयका सचिव दीपकराज नेपालले भने यातायात व्यवस्था सेवा कार्यालय स्थापनाको लागि कपिलवस्तु नगरपालिकामा निर्णय भईसकेको बताए । कार्यालय राख्नको लागि कपिलवस्तु नगरपालिकाबाट पटक पटक डेलिकेशन समेत आएको उनले जानकारी दिए ।

सेवा कार्यालयबाट सवारी दर्ता बुक नवीकरण (ब्लु बुक), सवारी अनुमति पत्र नवीकरण, भाडाको सवारी साधनको जाँच पास, रुट परमिट नवीकरण र अस्थायी इजाजत पत्र ९पटके०को काम हुने बताइएको छ । प्रदेश सरकारले अर्घाखाँची र कपिलवस्तुका सेवा ग्राहीलाई सेवा दिनका लागि कपिलवस्तुमा कार्यालय राख्ने निर्णय गरिएको थियो ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ११ : ०१ बजे

म्याग्दीमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक भित्रियो

म्याग्दी । आगामी शैक्षिक सत्र २०८३ को लागि म्याग्दीका सामुदायिक

करोडभन्दा बढी बैङ्किङ कसुर : पक्राउ गरी अदालतमा पेस

काठमाडौँ । एक करोड बढी बैङ्किङ कसुर गरेको आरोपमा दोषी

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

बढी शुल्क लिने निजी विद्यालयमाथि अनुगमन हुँदै

काठमाडौँ । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र

सरकारी सञ्चारमाध्यममा मात्र विज्ञापन दिने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना