८ कार्तिक २०८३, आइतबार | October 25, 2026

यातायात कार्यालयको स्थान विषयमा कपिलवस्तुमा विवाद, बुद्धभुमी र कपिलवस्तु नगरपालिका यातायात कार्यालय तानातान् गर्दै



कपिलवस्तु । लुम्बिनी प्रदेश सरकारले कपिलवस्तुमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने निर्णय गरेसँगै कार्यालय रहने स्थानका विषयमा कपिलवस्तुमा विवाद सुरु भएको छ । प्रदेश सरकारले कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा कार्यालय स्थापना गर्ने निर्णय गरेपछि अर्घाखाँची सहित सडक यातायात प्रयोगकर्तालाई अपायक पर्ने भन्दै सरकारको निर्णयको आलोचना भएको छ ।

कपिलवस्तुको बुद्धभुमी नगरपालिकाले निर्णय नै गरेर कार्यालय राख्ने स्थानका बिषयमा पुनर्विचार गर्न प्रदेश सरकारसँग आग्रह गरेको छ । नगरपालिकाले अर्घाखाँची र कपिलवस्तुलाई लक्षित गरी स्थापना गर्न लागिएको यातायात व्यवस्था कार्यालयलाई पायक पर्ने स्थानमा राख्न माग गरेको हो । यातायात व्यवस्था कार्यालयलाई सेवाग्राहीलाई सहज गराउने गरी स्थान तोक्न श्रम, रोजगार, यातायात व्यवस्था मन्त्री पुर्मती ढेगा मगरसँग भेटेरै आग्रह गरिएको अनुरोध गरिएको बुद्धभुमी नगरपालिका नगरप्रमुख केशवकुमार श्रेष्ठले जानकारी दिए ।

श्रम, रोजगार, यातायात व्यवस्थामन्त्री मगरले प्रदेश सरकारले सबैको पायक पर्ने गरी कार्यालय स्थापना गर्ने प्रतिबद्धता जाहेर गरेको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार प्रदेश सरकारले सबै क्षेत्रको भावना समेट्ने भएकोले जग्गा व्यवस्थापन र जनप्रतिनिधिको समन्वयमा कार्यालय राख्न सकिने आश्वासन दिएकी छिन् ।

मन्त्रालयका सचिव दीपकराज नेपालले भने यातायात व्यवस्था सेवा कार्यालय स्थापनाको लागि कपिलवस्तु नगरपालिकामा निर्णय भईसकेको बताए । कार्यालय राख्नको लागि कपिलवस्तु नगरपालिकाबाट पटक पटक डेलिकेशन समेत आएको उनले जानकारी दिए ।

सेवा कार्यालयबाट सवारी दर्ता बुक नवीकरण (ब्लु बुक), सवारी अनुमति पत्र नवीकरण, भाडाको सवारी साधनको जाँच पास, रुट परमिट नवीकरण र अस्थायी इजाजत पत्र ९पटके०को काम हुने बताइएको छ । प्रदेश सरकारले अर्घाखाँची र कपिलवस्तुका सेवा ग्राहीलाई सेवा दिनका लागि कपिलवस्तुमा कार्यालय राख्ने निर्णय गरिएको थियो ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ११ : ०१ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको