२० मंसिर २०८२, शनिबार | December 6, 2025

विद्यार्थीलाई शैक्षिक सामग्री र जुत्ता बाँडेर मनाए वडा अध्यक्ष न्यौपानले जन्मदिन, स्कुल बस किन्न एकलाख प्रदान



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका एक वडा अध्यक्षले आफ्नो जन्म दिनलाई सामाजिक काम गरेर मनाएका छन् ।

तिलोत्तमा–९ का वडाध्यक्ष नारायण न्यौपानेले जन्मदिनको अवसरमा आफ्नै वडाको गौतम बुद्ध मा वि केवलानीका कक्षा १ देखि ६ कक्षा सम्मका १०३ जना विद्यार्थीलाई कापी कलम, लगायत शैक्षिक सामग्री र जुत्ता वितरण गरेका छन् भने विद्यायको स्कुल बस किन्न एकलाख रुपैयाँ सहयोग गरेका छन् ।

जन्मदिनकै अवसर पारेर शनिबार वडा कार्यालयमार्फत विद्यालयलाई स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरिएको छ ।

शैक्षिक सामाग्री वितरण तथा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शर्मा र प्रधानाध्यापक मृगेन्द्र शर्माले वडा अध्यक्ष न्यौपानेको सहयोगको सराहना गरे ।

वडा अध्यक्ष न्यौपानेले आफूले पाउने तलब भत्ता पनि आफूले नलिई विद्यालयका निजी स्रोतका शिक्षकको तलबमा खर्च गर्दै आएका छन् ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ५ : ५७ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति