१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

एनआरएनए निर्वाचन फेरि स्थगित, निर्वाचन प्रकृयाबाट बिचलित हुन खोजेको आरोप



लण्डन । गैरआवासीय नेपाली संघको आइतवार र सोमवार हुने भनिएको निर्वाचन स्थगित भएको छ । संघको प्रतिनिधि विवाद मिलाउने जिम्मा लिएका अध्यक्ष कुमार पन्तले ४ महिनासम्म विवाद टुंग्गो लगाउन नसक्दा फेरि निर्वाचन रोकिएको हो ।

निर्वाचन गरिने भन्दै पटक पटक प्रतिबद्धता जनाएका पन्तलाई निर्वाचन प्रकृयाबाट बिचलित हुन् खोजेको आरोप लागेको छ ।

गैरआवासीय नेपाली संघ ९एनआरएनए० को निर्वाचन समितिले शनिवार एक विज्ञप्ति जारी गर्दै हालसम्म मतदाता सूची प्राप्त नभएकाले निर्वाचन मितिसहितका सबै कार्यतालिका पछि प्रकाशित गरिने भन्दै निर्वाचन प्रकृया स्थगन गरेको छ ।

निर्वाचन समितिको विज्ञप्तिमा “गैरआवासीय नेपाली संघको निर्वाचनका लागि उपलब्ध हुनुपर्ने मतदाता सुची पूर्ण रुपमा प्राप्त नभईसकेकाले छानबिन प्रक्रिया प्रभावित भई यस अघि प्रकाशित गरिएका कार्यतालिका स्थगन गरिएकोमा हालसम्म पनि मतदाता सुची प्राप्त नभएकाले निर्वाचन मिति सहितका सबै कार्य तालिका पछि प्रकाशित गरिने व्यहोरा अनुरोध छ ।” उल्लेख गरिएको छ ।

संघभित्र प्रतिनिधि छनौटलगायतका विवाद मिलाउन अध्यक्ष पन्तले यस अघिनै संघका केन्द्रिय सल्लाहकार विश्व आदर्श पण्डित, डा यादव पण्डित, एनआरएनए सचिव गौरीराज जोशी र संघका प्रवक्ता डिबी क्षेत्री रहेको चार जना रहेको समिति गठन गरेका थिए । तर, समिति प्रतिनिधि विवाद मिलाउन छोडेर भागबण्डामा केन्द्रित रहेपछि विवाद आएको छ ।

भागबण्डा प्रस्तावलाई अध्यक्षका प्रत्यासी डा बद्री केसी र रविना थापाले अस्वीकार गर्दै निर्वाचन माग गरेका छन् । यसअघि पाटन उच्च अदालतले संघको निर्वाचनको बाटो खोल्दै डिसेम्बर महिनाभित्र निर्वाचन गर्न आदेश दिएको थियो ।

 

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ७ : २५ बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल