१० श्रावण २०८३, आइतबार | July 27, 2026

भन्सार एजेन्टको परीक्षा तत्काल सञ्चालन गर्न माग



काठमाडौं । भन्सार विभागले लिने भन्सार एजेन्टको परीक्षा तत्काल लिन परीक्षार्थीले माग गरेका छन् ।

विस २०७७ चैत १६ गते भन्सार विभागले ६६० भन्सार एजेन्ट लोकसेवामार्फत खुला गरेपनि उक्त परीक्षा अहिलेसम्म नभएको भन्दै परीक्षार्थीले आज भन्सार विभाग त्रिपुरेश्वरमा धर्ना दिएका हुन् ।

भन्सार विभागले विभिन्न बहाना बनाएर परीक्षा रोक्न खोजेको भन्दै चाँडै परीक्षा मिति तोक्न अनुरोध गर्दैै विरोध कार्यक्रम गरिएको परीक्षार्थी भोलानाथ अर्यालले जानकारी दिए। “परीक्षाको कार्यक्रम तत्काल अगाडि बढाउन आग्रह गर्दै पटक–पटक ताकेता गर्दा पनि अगाडि नबढेपछि हामी सडकमा आउन बाध्य हुनुपरेको हो,”– अर्यालले भने ।

कोरोनाका कारण रोकिएका लोकसेवा आयोगका अन्य परीक्षा सुरु भए पनि भन्सार एजेन्टको परीक्षा हुन नसक्नु दुःखद भएको उनको भनाइ थियो । भन्सार एजेन्टका लागि ६६० पदका लागि नौ हजारभन्दा बढी प्रशिक्षार्थीको आवेदन परेको छ ।

विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले विभागले परीक्षाको कार्यक्रमलाई आफ्नो वार्षिक कार्ययोजनाभित्र राखिसकेकाले अब चाँडो परीक्षा सञ्चालन गर्ने बताए । “लोकसेवा आयोगले लिनुपर्ने परीक्षामा सुरुमा कोरोनाको कारण र पछिल्लो समय लोकसेवाको परीक्षाका लागि सेन्टरको अभाव भएकाले परीक्षा सञ्चालनमा केही ढिलाइ भएको हो,” उनले भने ।

विभागले भन्सार एजेन्टको परीक्षाका लागि आन्तरिक तयारी अगाडि बढाइसकेकाले अब चाँडो परीक्षाको कार्यक्रम हुने उनको भनाइ छ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  १ : ५१ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले