४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

नेकपा जोगाउन नसकेकोमा दु:ख लागेको छ : शंकर पोखरेल



काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले जनताले क्रान्ति मात्र होइन परिवर्तन पनि खोजेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले देशमा क्रान्ति पटक पटक भएको र जनताले अनुभूति गर्ने गरी परिवर्तन नभएको भन्दै यसमा दलहरू लाग्नुपर्ने बताए ।

‘गिरिजाप्रसाद कोइरालाले पटक पटक भन्नुहुन्थ्यो- एउटै व्यक्तिले तीन तीनवटा आन्दोलनको नेतृत्व गर्नुपर्‍यो,’ उनले भने, ‘तर, मलाई खल्लो लाग्थ्यो । क्रान्तिका हिसावले ठिक होला । एउटा क्रान्तिले युग परिवर्तन गर्नुपर्ने हो । तर, नेपालमा क्रान्ति भयो । परिवर्तन भएन ।’

नेताहरूबीचको अन्तर कलहलाई आधार बनाएर नेताहरूले नीति र एजेण्डा बनाउँदा जनताप्रति उत्तरदायी बन्न नसकेको बताएका उनले सामूहिक प्रयासबाट देशमा व्यवस्था परिवर्तन भएको स्मरण गर्नुपर्ने बताए ।

देश र जनताको माग सम्बोधन गर्न गठन गरिएको नेकपाको एकता जोगाउन नसक्नु एकअर्कालाई दोष दिएर उम्किन नसकिने भन्दै उनले यसको समीक्षा गर्नुपर्नेमा जोड दिए । नेकपा जोगाउन नसकेकोमा आफु अत्यन्तै दुखित भएको पोखरेलले बताए ।

राष्ट्रियता, स्वाधिनता, परराष्ट्र नीतिमा सबै दलहरू एकजुट हुनुपर्नेमा जोड दिएका उनले समाजलाई बदल्ने विषयमा पनि सबै एकबद्ध भएर अघि बढ्नुपर्ने बताए ।
देशको विकास र समृद्धिका लागि पनि दलहरुबीच साझा एजेण्डा ल्याउनुपर्ने बताएका उनले पार्टी मात्र होइन देशलाई नै बलियो बनाउनुपर्ने धारणा राखे ।

जनताको बीचमा गरिएको वाचा पूरा गर्न नसकेको कुरा जनतालाई भन्न सक्नुपर्ने भन्दै उनले जनतामाझमा जाने एमालेको एजेण्डालाई प्रतिगमनसँग जोडिएकोप्रति आक्रोश व्यक्त गरे ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ५ : ३० बजे

म्यान्मारलाई सहायता रकम हस्तान्तरण

काठमाडौँ । नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली सहित एकजना पक्राउ

झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण

काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त

उज्यालोका इन्जिनियर सुरज पाण्डे : प्रविधि, ऊर्जा र राजनीतिक परिवर्तनको संगम

बुटवल। समयको चक्रसँगै राजनीति पनि रूपान्तरणको चरणमा छ। परम्परागत अनुहार

सेना दिवसमा अमेरिकी सेनाको परेडप्रति माओवादीको आपत्ति, सरकारसँग स्पष्ट धारणा माग

काठमाडौं । नेकपा (माओवादी)ले नेपाली सेना दिवसका अवसरमा काठमाडौंको सैनिक