२८ भदौ २०८३, आइतबार | September 13, 2026

मायादेवी मन्दिर परिषरमा फेलापरेको शवको ६ दिन पुग्दा पनि सनाखत भएन



बुटवल । गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मायादेबी मन्दिर नजिकै फेला परेको बेवारिसे शवको फेला परेको ६ दिन पुग्दा पनि सनाखत हुन सकेको छैन । गत मंगरबार मायादेवी मन्दिर पछाडीको झाडीमा फेला परेको युवतीको शवको फेला परेको ६ दिन पुग्दा पनि पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

मातहतको प्रहरी युनिटहरुमा सूचना प्रवाह गरिसकिएको र कहीँ कतैबाट युवती हराएको उजुरी नआएको रुपन्देही प्रहरीले जनाएको छ । अन्दाजी २० वर्षिया युवतीको शवको सनाखतका लागि काउण्टर पार्ट युनिट भारतमा पनि खबर गरिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले बताए ।

गत मंगरबार साँझ ५ः३० बजेको समयमा मायादेवि मन्दिर पछाडि रहेको ईलाका प्रहरी कार्यालय रहेको पुरानो भवनको खण्डहरमा अन्दाजी २० बर्षिय युवतीको शव फेला परेको थियो । मधेसीमुलकी युवतीको शव सिमापारी भारतीय नागरिकको हुन सक्ने डीएसपी पौडेलले अनुमान गरेका छन् ।

शव फेला परे लगत्तै प्रहरीले अन्यत्र कतै हत्या गरेर झाडिमा ल्याएर फालेको हुनसक्ने अनुमान समेत गरेको थियो ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  १२ : ०६ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-८ का युवाले आफ्नो गाउँ आफैँ

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

बागलुङ । भदौ ८ गते दिउँसोदेखि नै ताराखोला गाउँपालिका-४ विसौनाकी

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

वालिङ । स्याङ्जाको वालिङ-१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार