२० मंसिर २०८२, शनिबार | December 6, 2025

मायादेवी मन्दिर परिषरमा फेलापरेको शवको ६ दिन पुग्दा पनि सनाखत भएन



बुटवल । गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मायादेबी मन्दिर नजिकै फेला परेको बेवारिसे शवको फेला परेको ६ दिन पुग्दा पनि सनाखत हुन सकेको छैन । गत मंगरबार मायादेवी मन्दिर पछाडीको झाडीमा फेला परेको युवतीको शवको फेला परेको ६ दिन पुग्दा पनि पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

मातहतको प्रहरी युनिटहरुमा सूचना प्रवाह गरिसकिएको र कहीँ कतैबाट युवती हराएको उजुरी नआएको रुपन्देही प्रहरीले जनाएको छ । अन्दाजी २० वर्षिया युवतीको शवको सनाखतका लागि काउण्टर पार्ट युनिट भारतमा पनि खबर गरिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले बताए ।

गत मंगरबार साँझ ५ः३० बजेको समयमा मायादेवि मन्दिर पछाडि रहेको ईलाका प्रहरी कार्यालय रहेको पुरानो भवनको खण्डहरमा अन्दाजी २० बर्षिय युवतीको शव फेला परेको थियो । मधेसीमुलकी युवतीको शव सिमापारी भारतीय नागरिकको हुन सक्ने डीएसपी पौडेलले अनुमान गरेका छन् ।

शव फेला परे लगत्तै प्रहरीले अन्यत्र कतै हत्या गरेर झाडिमा ल्याएर फालेको हुनसक्ने अनुमान समेत गरेको थियो ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  १२ : ०६ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले