१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

सिरहामा आज बिहानैबाट दुई दिनसम्मका लागि निषेधाज्ञा जारी



काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको चक्काजाम असफल पार्न जिल्ला प्रशासन कार्यालय सिरहाले निषेधाज्ञा जारी गरेको छ । आज (१३ पुष) बिहानको ५ बजेबाट भोली (१४ पुष) बेलुका ५ बजेसम्मका लागि दुई दिन निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए ।

निषेधाज्ञा अवधिभर राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात सुचारु रहनेछ भने बाहिर हिड्डुल गर्न, भेला हुन तथा राजनीतिक सभा र गतिविधि गर्न नपाउने सूचनामा उल्लेख छ । पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग र चोहर्वादेखि सिरहा सडक खण्डको पिकेराज इन्टरप्राईजेज (पेट्रोल पम्पसम्म) ५०० मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञाको क्षेत्र तोकिएको छ ।

आदेश उल्लघन गर्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर आवश्यक कानूनी कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।                                                                                                             

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ७ : ४८ बजे

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष

निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दा

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै