४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

हिमपातले अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा अवरुद्ध, जनजीवन कष्टकर



सिमकोट । बुधबार बिहानदेखि हुम्लामा भारी हिमपात हुँदा हिमाली जिल्ला हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा अवरुद्ध भएको छ ।

नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका तारा, सिता, समिटए एयरको उडान प्रभावित भएको हो । हवाई उडान नहुँदा दैनिक उपभोग्य वस्तु, खाद्यान्न, तरकारी, बजार व्यवसायीहरुको सामाग्री ढुवानी नसकेको हो ।

भारी हिमपातले सात गाउँपालिका रहेको हुम्ला जिल्ला सदरमुकाम सिमकोट सहित जिल्लाभरको जनजीवन प्रभावित भएको छ । बुधबार बिहानदेखि लगातार परेको हिमपातले हुम्ला जिल्लाका डाँडाकाडा सेताम्या भएको छ ।

उत्तरी नाम्खाको जनजीवन प्रभावित
हिमाली जिल्लाको हिमपातले हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको जनजिवन प्रभाबित मात्र नभई पशु चरी चराउनमा समेत समस्या भएको छ । लिमी,मुचु यारीका स्थानीय वासिन्दालाई घरबाट बाहिर निस्कनै समस्या भएको छ ।

नाम्खा गाउँपालिकाको लिमि, मुचु, लगायतका क्षेत्रमा ४ फिट हिउँ जमेको यारीका स्थानीय सुनाम तामाङले बताए ।

मुचुका खोलामा पानी जमेको छ । ुनाम्खा गाउँ बाटो घाटो सबैतिरको पानी समेत जमेर पूरै ठोस भएको छ । जाडेले घरभन्दा बाहिर निस्कन सकिएको छैन । चिसोले खानेपानीका धारा जमेका छन्ु तामाङले भने ।

बुधबार बिहनदेखि निरन्तर रुपमा परेको हिमपातले हुम्ला जिल्ला सदरमुककाम सिमकोटमा झण्डै दुई फिट हिउँ जमेको छ । तापक्रम तापक्रम माइनस १२ डिग्री भन्दा तल झरेको छ । अत्याधिक चिसो र हिमपात भैरहेका कारण बिहानै देखि चहलपहल हुने गाउँहरु समेत सुनसान जस्तै देखिएका छन् । निरन्तर रुपमा हिउँसँगैको अत्याधिक जाडोले सिमकोट आसपासको जनजीवन निकै प्रभावित बनाएको हुम्लाका सहायक प्रमख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए ।

सदरमुकाम सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी बुधबार दिनभर काम गर्न थप समस्या बनाएको छ । जिल्लामा रहेका सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राही भीड आज नभए पनि हिमपात र चिसोले काम गर्न समस्या भएको कर्मचारीहरुले बताए ।

व्यवसया सञ्चालन आगोको साहारा
सिमकोटमा रहेका व्यवसायीहरुले आगोको साहारामा व्यवसाय सञ्चालन गरिरहेका छन् । आगो ताप्दै पसल व्यवसाय गरिरहेको व्यवसायी रतन सुनारले बताए। पसलहरुमा ग्राहकहरु कम उपस्थित भएपनि शरिरलाई न्यानो बनाई राख्नका लागि आगोको सहायताले दिन कटाएका सुनारले बताए ।

पानी र हिमपातसँगै हुम्ला जिल्ला भरीको सबै सामुदायिक तथा निजी विद्यालय बुधबार दिन बन्द रहे । गएरातिदेखि परेको हिमपातले स(साना बालबालिका विद्यालय जान नसक्नुका साथै ठूला बालबालिका विद्यालय पुग्न सकेपनि चिसोले समस्या बनाएपछि विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको हो । सिमकोटमा रहेका सामुदायिक विद्यालयहरुमा यतिबेला अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ ।

 

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १० : ०६ बजे

रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा कास्कीबाट पनि तत्काल फिर्ता नहुने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर

रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं : प्रचण्ड

रुकुमपूर्व। नेपाली कम्युनिष्ट पार्टीका तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

हिराबहादुर खत्रीलाई जिताउन मतदाताको आग्रह

देवदह । रुपन्देही निर्वाचन क्षेत्र नम्बर-१ का मतदाताले नेपाली कांग्रेसका

एजाज आलमको उम्मेदवारीले मुस्लिम समुदायमा प्रतिनिधित्वको आशा जगायो

बुटवल । बुटवलका मुस्लिम अगुवाहरुले मुस्लिम समुदायबाट पनि प्रतिनिधिसभा निर्वाचनका

रुपन्देहीमा राष्ट्रिय जनमोर्चाको चुनावी अभियान सक्रिय

बुटवल । राष्ट्रिय जनमोर्चाले रुपन्देहीमा चुनावी अभियानलाई तीव्रता दिएको छ