४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

मनाङमा भेँडीगाेठ गएका एक जना सम्पर्कविहीन, हिमपहिरोमा परेकाे आशंका



लमजुङ । मनाङमा एक जना सम्पर्कविहीन भएका छन् । गोठबाट घर फर्किने क्रममा नासो गाउँपालिका-४ वडारगाउँका ५५ वर्षीय आच्यो गुरुङ सम्पर्कविहीन भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी सुवास खड्काका अनुसार गुरुङसँगै तीन जना गाउँमाथिको लुम्रुचोकस्थित भेँडीगोठ गएका थिए ।

बुधबार बिहान गोठ गएका उनीहरु फर्कने क्रममा दिउँसो १ बजेबाट फेम्रो जङ्गलबाट गुरुङ बेपत्ता भएका हुन् ।

डिएसपी खड्काका अनुसार गुरुङसँग रहेका दुई जनाले प्रहरीलाई खबर गरेका थिए । मनाङमा सोमबारदेखि निरन्तर हिमपात भएकाले घर फर्किने बेलामा हिउँ परिरहेकाले हिमपहिरोमा परेको प्रहरीको अनुमान छ । बेपत्ता गुरुङको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  १० : २८ बजे

रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा कास्कीबाट पनि तत्काल फिर्ता नहुने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर

रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं : प्रचण्ड

रुकुमपूर्व। नेपाली कम्युनिष्ट पार्टीका तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

हिराबहादुर खत्रीलाई जिताउन मतदाताको आग्रह

देवदह । रुपन्देही निर्वाचन क्षेत्र नम्बर-१ का मतदाताले नेपाली कांग्रेसका

एजाज आलमको उम्मेदवारीले मुस्लिम समुदायमा प्रतिनिधित्वको आशा जगायो

बुटवल । बुटवलका मुस्लिम अगुवाहरुले मुस्लिम समुदायबाट पनि प्रतिनिधिसभा निर्वाचनका

रुपन्देहीमा राष्ट्रिय जनमोर्चाको चुनावी अभियान सक्रिय

बुटवल । राष्ट्रिय जनमोर्चाले रुपन्देहीमा चुनावी अभियानलाई तीव्रता दिएको छ