२९ आश्विन २०८३, बिहिबार | October 16, 2026

एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता खेलाडीलाई मन्त्री अथकद्धारा विमानस्थलमा भव्य स्वागत



काठमाडौं । एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको बिजेता नेपाली भलिबल टिम स्वदेश फर्किएको छ । बिहिबार बिहान स्वदेश फर्किएका नेपाली खेलाडीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत गरीएको छ ।

टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले बिमानस्थल पुगेरै स्वागत गरेका हुन् । खेलाडीहरुको हौसला बढाउन बिमानस्थल पुगेका मन्त्री अथकले खेलाडीहरुलाई फुलगुच्छाले स्वागत गर्दै बधाई दिएका छन् । त्यसक्रममा अपराजीत खेलाडीहरुलाई बाजा बजायर स्वागत गरिएको थियो ।

६ राष्ट्र सहभागी सेन्ट्रल जोनमा उज्वेकिस्तानलाई फाइनलमा ३–२ ले पारजित गर्दै नेपाली महिला टिमले उपाधि रक्षा गरेको थियो । साविकको बिजेता महिला टिमले आफ्नो उपाधि रक्षा गर्दा पुरुष टिम भने चौथो स्थानमा रोकिन पुगेको थियो । प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली महिला राष्ट्रिय भलिबल टोली र चौथो भएको पुरुष टोली बिहीबार स्वदेश फर्किएको हो ।

खेलाडीहरुलाई स्वागत गर्दै मन्त्री अथकले नेपाली टिमको जितले गौरबको अनुभुती भएको बताए । देशको पहिचान र गौरव बढाउने राष्ट्रिय टिमका खेलाडीहरुलाई स्वागत गर्ने अबसर प्राप्त भएको भन्दै मन्त्री अथकले खुसी ब्यक्त गरे । महिला टिमले उपाधि रक्षा गरेको खबर प्राप्त भएलगत्तै बुधबार बसेको मन्त्रीपरिषदको बैठकले बिजेता खेलाडीहरुलाई जनही ५ लाखको दरले पुरस्कृत गर्ने निर्णय गरेको बताउँदै मन्त्री अथकले आगामी दिनमा थप जिम्मेवार र लगनशिल भएर खेल्न खेलाडीहरुलाई आग्रह गरे ।

राष्ट्रिय खेलका रुपमा रहेको भलिबललाई ब्यवस्थित रुपमा विकास गर्दै लैजानुपर्ने धारणा राख्दै मन्त्री अथकले भलिबलकालागि छुट्टै कवर्डहल निर्माणका लागि पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । “राष्ट्रिय खेलका रुपमा रहेको भलिबलको अहिलेसम्म एउटा पनि भौतिक संरचना नहुनु दुखद हो” मन्त्री अथकले भने, “ढुक्क हुनुहोस, अब भलिबलको आफ्नै कबर्डहल हुनेछ ।”

स्वागत पछि बोल्दै नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले बिजेता खेलाडीहरुलाई नगद राशीले सम्मान गर्ने सरकारको निर्णयले थप हौसला बढाएको बताइन् । “तपाईहरुले हाम्रो हौसला बढाईदिनुभएको छ । जुन सफलता हासिल गरेका छौँ, अझै हामीले जिम्मेवारी थपिएको महशुस गरेका छौँ । आगामी दिनमा अझै राम्रो गर्ने बाचा गर्न चाहन्छु”, अरुणाले भनिन् ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ४ : ५६ बजे

एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित

काठमाडौँ । सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थ तथा विभिन्न शिक्षालयमा

घरधनीले तिर्नुपर्ने घरबहाल कर जबरर्जस्ती ब्यवसायीबाट असुली गरिएको गुनासो

नेपालगन्ज । नेपालगन्जका उद्योगी व्यवसायीहरुले स्थानीय सरकारले व्यवसायीहरुमाथि अन्याय गरेको

सवारी दुर्घटनामा एक जनाको मृत्यु

दाङ । आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय ब्रान्ड बनाइँदै

ललितपुर । महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय

दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए

जुम्ला । जुम्लामा भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा