२० मंसिर २०८२, शनिबार | December 6, 2025

कर्मचारी परिवारको उपचार गर्न पौवाले दियो १ लाख ११ हजार उपचार खर्च



बुटवल । नेपाली हस्पिटालिटी सहितको सेवा प्रदान गरेको दाबी गर्दै आएको होटल पौवाले आफ्नै कर्मचारीको परिवारको उपचार गर्नका लागि राहत उपलब्ध गराएको छ ।

होटल पौवा प्रालीको वार्षिक साधारणसभाको सन्दर्भमा पौवाका कर्मचारीको परिवारको उपचारका लागि १ लाख ११ हजार रकम प्रदान गरेको हो ।

पौवामा विगत ३ वर्षदेखि कार्यरत कर्मचारी शान्ता पाण्डेका श्रीमानको उपचारका लागि होटलले सो रकम राहतस्वरूप उपलब्ध गराएको हो । शान्ताका श्रीमान सागर पाण्डेको दुबै मृगौला फेल भएको र उपचारका लागि खर्च अपुग हुने देखिएपछि पौवाको व्यवस्थापन र होटलमा आवद्ध शेयरधनीहरुको तर्फबाट समेत गरी १ लाख ११ हजार राहत उपलब्ध गराइएको पौवाले जनाएको छ ।

साधारणसभाकै बीचमा पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले रकम हस्तान्तरण गरेका थिए ।

सोही कार्यक्रममा पौवाको साझेदार संस्था शुभओम कम्पनीका अध्यक्ष हरि थापाले पनि राहतस्वरुप नगद १५ हजार पाण्डेलाई हस्तान्तरण गरेका छन् ।

पौवामा आवद्ध कोही पनि कर्मचारी उपचार नपाएर बस्न नपरोस् भन्ने उद्देश्यले उपचार खर्च उपलब्ध गराइएको अध्यक्ष भण्डारीले बताए । ‘पौवा एउटा परिवार हो, परिवारका सदस्यको पीडामा मल्हम लगाउनु परिवारको दायित्व सम्झेर सानो राहतको सुरुवात गरेका छौ,’ उनले भने, ‘दीर्घकालीन रुपमा राहतको कोषको व्यवस्थापन गर्ने समेत योजना बनाइएको छ ।’

लामो समयदेखि उपचाररत सागरको दुबै मृगौलाले काम नगरेपछि निम्न आय भएका पाण्डे परिवार समस्यामा परेका थिए । उनकाे गाैतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचार भइरहेकाे छ ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ६ : ४१ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले