१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

नेपाली गीत अन्तर्राष्ट्रिय बजारबाट वञ्चित



काठमाडौं । नेपालले प्रतिलिपिसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द इन्टरनेसनल कन्फेड्रेसन अफ सोसाइटिज अफ अथर एन्ड कम्पोजर’ (सिसाक) सदस्यता प्राप्त गरेको छ । तर, सिसाक सर्भर किन्न नसक्दा भने नेपाली गीतसंगीतको पहुँच अन्तर्राष्ट्रिय बजारसम्म पुग्न सकेको छैन ।

सिसाकको पूर्णसदस्यता लिन नसक्दा नेपाली गीतसंगीत व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय बजारमा जान सकेको थिएन । संगीत रोयल्टी संकलन समाज नेपालको पहलमा बल्ल सिसाक सदस्यता प्राप्त भएको हो । यद्यपि, सदस्यता प्राप्त गर्दैमा नेपाली गीतले अन्तर्राष्ट्रिय बजारमा मान्यता भने पाउनेछैन । नेपाली गीत अन्तर्राष्ट्रियकरण गर्न अझै धेरै प्रक्रिया बाँकी नै छन् ।

समाजका महासचिव ‘बी’ (बद्री) पाण्डेले प्रक्रिया थालनी सुरु भएको बताए । उनका अनुसार अहिलेसम्म सिसाकबाट विश्वका १ सय २० देशले सदस्यतासँगै सेवा लिइरहेका छन् । जहाँ ती देशका रोयल्टी संकलनसम्बन्धी १ सय २८ समाज आबद्ध छन् । सो संस्थामा पहिलोपटक नेपाल सदस्य बन्न सफल भएको हो ।

‘संगीत रोयल्टी संकलन समाजबाट नेपाली गीत अन्तर्राष्ट्रिय बजारमा पठाउन सिसाक सदस्यता अपरिहार्य जस्तै थियो । त्यो कार्य सम्पन्न भए पनि सिसाक सफ्टवेरमा जोडिन भारी शुल्क लाग्ने महासचिव पाण्डे बताउँछन् । ‘हाम्रा सदस्यका जति पनि गीत छन्, सर्भर लिएपछि ती सबै गीतको परिचय खुल्ने कोड सिसाकले दिन्छ,’ उनले भने, ‘कोडले सम्बन्धित गीत कहाँ कसरी प्रयोग भइरहेको छ ? भनेर देखाउनुका साथै सर्भरमा रोयल्टीसमेत जम्मा हुन्छ ।’

समाज अध्यक्ष सुरेश अधिकारीका अनुसार अन्तर्राष्ट्रिय बजारमा नेपाली गीतसंगीत व्यापारका लागि पहिचान (म्युजिक कोड) आवश्यक छ । कोड भएपछि बल्ल अन्तर्राष्ट्रिय बजारमा रोयल्टीका लागि वैधानिकता प्राप्त गर्ने उनले जानकारी दिए ।

संगीत रोयल्टी संकलन समाजमा रहेका गीतको अन्तर्राष्ट्रिय कोड ‘केही सस्तोमा प्राप्त भए पनि सिसाक सर्भर’का लागि ५० देखि ६० लाख शुल्क तत्कालै बुझाउनुपर्नेछ । सो रकम स्रष्टाको नाममा संकलित ‘रोयल्टीबाट बुझाउने कि ?’ भनेर छलफल सुरु भएको छ । यसका लागि एकथरी ‘सकारात्मक भए पनि अर्काथरी’ अन्कनाइरहेका छन् ।

फ्रान्समा मुख्य कार्यालय रहेको ‘द इन्टरनेसनल कन्फेड्रेसन अफ सोसाइटिज अफ अथर एन्ड कम्पोजर’ (सिसाक) विश्वको गीतसंगीतसम्बन्धी रोयल्टी संकलन गर्ने समाजको छाता संगठन हो ।

सो संस्थाको आफ्नै अन्तर्राष्ट्रिय सेन्टर सर्भर छ । जसमा सिसाक सदस्य प्राप्त गरेर कोड लिएका गीत हुन् । ती गीत ‘कहाँ, कसरी र कति प्रयोग भयो ?’ भनेर जानकारी प्राप्त हुने गर्दछ । सो जानकारीसँगै रोयल्टी संकलनमा समेत सहयोग पुग्ने गरेको छ । यही कारण नेपालले ढिलै भए पनि सिसाक सदस्यता लिएको हो ।

विश्वका ४० लाख अर्थात् ४ मिलियन स्रष्टाको बौद्धिक सम्पत्ति (गीतसंगीत, नाटक, अडियोभिडियो, साहित्य, कला) संरक्षण सिसाकले गरिरहेको छ । सिसाकबाहेक आधिकारिक रूपमा अन्तर्राष्ट्रिय बजारबाट नेपाली गीतसंगीतको रोयल्टी संकलन सम्भव नरहेको समाजको बुझाइ छ ।

अधिकारीका अनुसार विश्वका सबै रोयल्टी समाजले अर्जेन्टिनासँग लिएको सर्भर प्रयोग गरिरहेका छन् । अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्ममा नेपाली गीतसंगीत राखेर उनीहरूले दिएको रोयल्टी थाप्नुपर्ने अवस्था छ । अहिले ‘नेपाली गीतसंगीत कहाँ, कसरी र कति मात्रामा प्रयोग भइरहेका छन् ?’ भनेर सहजै बुझिने अवस्था छैन । आजको राजधानी दैनिकमा डब्बु क्षत्रीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ७ : ५१ बजे

दिक्तेल-चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

खोटाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल-चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीप : एमेच्योर सदभाव बने च्याम्पियन, प्रो भुवन सात स्ट्रोकले पराजित

काठमाडौं । प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई सात स्ट्रोकको फराकिलो अन्तरमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल

बिहीबार वर्षाले अवरुद्ध नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ को सिरिज आजदेखि

काठमाडौं । बिहीबारदेखि हुने भनेको नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली