४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

फैलिँदै ओमिक्रोन भेरियन्ट, तेस्रो लहरको खतरा बढ्दै



काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको दर दैनिक बढ्न थालेको छ । कोरोनाको नयाँ भेरियन्टका रूपमा देखिएको ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बुधबारसम्म भारतमा ९ सय ६१ जना पुगेको छ ।

मंगलबार ९ हजार १ सय ९५ जना कोरोना संक्रमित देखिएकोमा बुधबार भारतमा १३ हजार १ सय ५४ जना नयाँ संक्रमित थपिए । यो संख्या भनेको एक दिनको फरकमा ४४ प्रतिशतले बढी हो । यसरी भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनसँगै संक्रमित दर थपिँदा त्यसको असर नेपालमा पनि पर्ने देखिएको छ ।डेल्टा भेरियन्टले विश्व नै आक्रान्त बनेको पीडा भुल्न नपाउँदै हाल देखिएको नयाँ भेरियन्टले चुनौती थपिएको छ । तर, यसअघि देखिएका भेरियन्टभन्दा कमजोर भएको भन्दै जनस्वास्थ्य मापदण्ड पालना नहुँदा ओमिक्रोन भेरियन्ट फैलिने क्रम बढिरहेको छ ।

ओमिक्रोन संक्रमण बढ्न थालेपछि भारतले दिल्ली र महाराष्ट्रका अधिकारीले सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाएका छन् । सुरुमा कोरोनाको नयाँ भेरियन्ट दक्षिण अफ्रिकी मुलुकमा देखिएको सो भाइरस भारतको २१ राज्यमा फैलिसकेको छ ।

हालसम्म ८९ देशमा ओमिक्रोन भेरियन्ट फैलिसकेको छ भने बेलायतमा मात्रै सो भेरियन्टबाट ७ जना र अमेरिकामा एक जनाको मृत्यु भइसकेको छ । ओमिक्रोन भेरियन्ट नेपालमा समेत देखापरिसकेको छ । नेपालमा पनि तीन जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भइसकेको छ । डिसेम्बर पहिलो साता नेपालमा दुई जनामा ओमिक्रोन भेटिएको थियो । ओमिक्रोन भेरियन्ट फैलिए रोकथामका लागि अहिलेसम्म स्वाथ्य तथा जनसंख्या मन्त्रालयले कुनै तयारी गरेको पाइँदैन ।

लापरबाहीका कारण ओमिक्रोन भेरियन्ट बढ्दै जान थालेपछि हाल मात्रै विश्व स्वास्थ्य संगठनले सुनामी ल्याउन सक्ने चेतावनी दिएका छन् । बुधबारको पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले डेल्टा भेरियन्ट जस्तै ओमिक्रोन भेरियन्टले पनि सुनामी ल्याउन सक्ने भन्दै चेतावनी दिएका छन् ।

भारतले ओमिक्रोन भेरियन्ट बढेसँगै सर्तकता बढाइरहँदा नेपालमा भने अहिलेसम्म कुनै सर्तकता अपनाइएको छैन । सबैभन्दा धेरै संक्रमित भारतको महाराष्ट्र र दिल्लीमा देखिएको भारतीय समाचार एजेन्सीले उल्लेख गरेका छन् ।

भारतसँगको खुला सीमाका कारण नेपालमा ओमिक्रोन भेरियन्ट सहज रूपमा फैलन सक्ने देखिएको छ । तर, सरकारले सीमा नाकामा स्वास्थ्य चेकजाँचदेखि सर्तकताको कुनै उपाय लागू गरेको पाइँदैन । अर्कोतर्फ राजधानी काठमाडौंलगायतका बढी भीड हुने स्थानमा स्वास्थ्य मापदण्डको पालनासमेत गरेको पाइँदैन । आजको राजधानी दैनिकमा निराजन पौडेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ७ : ५८ बजे

बन्दको हल्ला सुनेपछि रुपन्देहीका विद्यालयले दिए मंगलबार विदा

बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने

जेनजी प्रदर्शनका दुई सय घाइतेको वर्गीकरण

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा कास्कीबाट पनि तत्काल फिर्ता नहुने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर

रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं : प्रचण्ड

रुकुमपूर्व। नेपाली कम्युनिष्ट पार्टीका तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले