४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

युवा पलायन भएपछि एमालेले बनायो महांकाल-उपत्यका सम्पर्क कमिटी



ललितपुर । ललितपुरबाट युवा काठमाडौं सहर पलायन भएपछि नेकपा एमाले ललितपुरले उपत्यका सम्पर्क कमिटी बनाएको छ ।

एमाले स्थायी कमिटी सदस्य सुशीला नेपालले दक्षिण ललितपुरमा बसोबास गर्ने बासिन्दाको काठमाडौं उपत्यकामा बाहुल्य भएपछि पार्टीलाई थप मजबुत बनाउन सम्पर्क कमिटी बनाउन जरुरी परेको बताइन् । उनले भनिन्, ‘गाउँका युवा सबैजसो सहरमा छन् । उनीहरुलाई सम्पर्क कमिटीमार्फत संगठित गर्नसके पार्टी थप मजबुत हुन्छ ।’

दक्षिण ललितपुरको महांकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले आफ्नो घर करेसामा सडक पुगेपछि त्यही बाटो हुँदै झिटी बोकेर गाउँपालिकाबाट बसाइँ सर्ने क्रम बढेको बताए । उनले भने, ‘यहाँ सहरको सबै सुविधा छ, गाउँमै क्याम्पस बोर्डिङ स्कूल छ । तर कोही बस्न मान्दैन ।’

दक्षिण ललितपुरका २५ सय घरमध्ये सबै जसो घरमा पानीको धारा पुगेको, सबै घरमा विजुली बत्ती पुगेको र गाँउपालिकाले सित्तैमा इन्डिक्सन चुह्लो बाँडेको बताए । उनका अनुसार गाउँमा रोजगारी अवसर र सुविधा सबै भए पनि २५ प्रतिशत सहर पसेका छन् ।

संघीय सासंद नवराज सिलवालले गोटिखेलबाट चापागाँउ सडक राम्रो बनेमा एक घण्टामै आउन सकिने बताए । उनले भने, ‘हामीले यस भेगमा सडक राम्रो बनाउन बाँकी छ । त्यसपछि गोटिखेल क्षेत्रका स्थानीयलाई सहरबाट फर्काउन सकिएला ।’

प्रदेश सासंद चेतनाथ सञ्जेलले लेले चन्दनपुर सडकलाई बहुवर्षीय ठेक्कामा लगाएर सडक निर्माणको तयारी भइरहेको बताए ।

नवराज सञ्जेलले केही वर्षअघि दक्षिण ललितपुर उपत्यका सम्पर्क कमिटी निर्माण गरिएको भए पनि काठमाडौं उपत्यकामा महांकाल गाउँपालिकाका युवाको संख्या दिनदिनै बढ्न थालेपछि सम्पर्क कमिटी जरुरी बनेको तर्क थियो ।

आर के घलानको अध्यक्षता एमाले महांकाल उपत्यका सम्पर्क कमिटी गठन भएको हो ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ७ : ४९ बजे

दुर्गा प्रसाईं पुनः पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्

बन्दको हल्ला सुनेपछि रुपन्देहीका विद्यालयले दिए मंगलबार विदा

बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने

जेनजी प्रदर्शनका दुई सय घाइतेको वर्गीकरण

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा कास्कीबाट पनि तत्काल फिर्ता नहुने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर