२० बैशाख २०८१, बिहिबार | May 2, 2024

आज नेपाली टोपी दिवस मनाइँदै



काठमाडौं । आज १ जनवरी २०२२ । अर्थात अंग्रेजी नयाँ वर्ष । आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्य रुपमा मनाइँदैछ। विगतका वर्षहरुमा जस्तै यो वर्षपनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अंग्रेजी नयाँ वर्षलाई अझै विशेष बनाउने तयारी भइरहेको छ ।

मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन् ।

राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपाल, स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्युचोली राष्ट्रिय जागरण अभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण महाअभियान नेपाल लगायतका संघसंस्थाले राजधानीको माइतीघरमा भेला भएर उक्त दिवस मनाउने गरेका छन् ।

अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवर्द्धन गर्ने र देशभित्र पनि आफ्नो संस्कृतिको प्रवर्द्धन र प्रसार गर्न मद्दत पुर्‍याउने उद्देश्यले टोपी दिवस मनाउन लागेको कार्यक्रमका युवाहरुले बताएका छन् ।

 

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ८ : ३२ बजे

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध

आजको मौसम : देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन