८ बैशाख २०८१, शनिबार | April 20, 2024

माओवादीले आज नेतृत्व चयन गर्दै, त्यसअघि विधान मस्यौदा पास हुने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको छैटौँ दिन आज नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुने भएको छ ।

नेतृत्व चयन प्रक्रियाबारे सहमति खोज्न माओवादीको स्थायी समितिको बैठक बसेको छ ।

महाधिवेशनअन्तर्गत बन्द सत्रमा विधान मस्यौदामाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । त्यसपछि नेतृत्व चयनको काम सुरु हुनेछ । अध्यक्षमा प्रचण्डको कुनै विकल्प नभएपनि सात उपाध्यक्ष र महासचिवमा नेताहरुको रस्साकस्सी जारी छ । वरिष्ठ उपाध्यक्षमा भने नारायणकाजी श्रेष्ठ नै हुने लगभग पक्कापक्की छ ।

बन्द सत्र बिहान ११ बजे कमलादीस्थित प्रज्ञा प्रतिस्ठानमा सुरु भएकोछ । विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले जवाफ दिने कार्यक्रम रहेको छ ।

शुक्रबारको बन्दसत्रमा पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ, केन्द्रीय अनुशासन आयोगका प्रमुख टंक राई र केन्द्रीय लेखा आयोगका प्रमुख पेशल खतिवडाले आयोगका प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बन्द सत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनमा प्रस्तुत ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि जवाफ दिएका थिए ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ११ : ४१ बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

‘पुजार सार्की’को ‘दर्शन गरेँ’ सार्वजनिक

काठमाडौं । जेठ १० गते रिलिज हुने चलचित्र ‘पुजार सार्की’को