२४ बैशाख २०८१, सोमबार | May 6, 2024

सिटीलाई ११ अंकको अग्रता



काठमाडौं । आर्सनलविरुद्ध पुनरागमन जितपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा ११ अंकको अग्रता बनाएको छ ।

१० खेलाडीमा सीमित आर्सनलको घरेलु मैदान इमिरेटस् स्टेडियममा रियाद मेहरेज र रोड्रिले गोल गरेपछि सिटीले उपाधि यात्रा बलियो बनाएको हो ।

खेलको ३१ औं मिनेटमा बुकायो साकाले गोल गर्दै घरेलु टोली आर्सनललाई अग्रता दिलाए । ५७ औं मिनेटमा पाएको पाएको पेनाल्टी सदुपयोग गर्दै रियादले सिटीलाई १-१ को बराबरीमा ल्याए ।

५९ औं मिनेटमा गाब्रियल मगालहेसले दोहोरो पहेँलो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो ।

९० मिनेट पछिको इन्जुरी समयमा रोड्रिले बक्स भित्र पाएको बललाई सदुपयोग गरेपछि सिटीले सिजनको १७ औं जित पायो ।

जितसँगै सिटीले शीर्षस्थानमा रहँदै ५३ अंक बनाएको छ । एक खेल कम खेलको चेल्सी ४२ अंक सहित दोस्रो स्थानमा छ भने २ खेल कम खेलेको लिभरपुल ४१ अंक सहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ७ : ३० बजे

व्यक्ति केन्द्रित भएर कांग्रेसले आफ्नो माग जारी राखे हामी सहमत हुदैनौं : महेश बर्तौला

काठमाडौं। नेकपा एमाले समग्र सहकारी ठगि प्रकरणमा छानबिन गर्न आफुहरु

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ

कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो, प्राविधिक परिक्षण हुदैं

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालबाट कतार एयरवेजको ६५३ उडान

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका