२ पुस २०८२, बुधबार | December 17, 2025

मलामी बोकेको बस दुर्घटनामा मृत्यु भएका ७ मध्य ६ जनाको सनाखत



बुटवल । पाल्पामा आइतबार दिउँसो भएको मलामी बोकेको बस दुर्घटनाका मृतक सातमध्ये छ जनाको सनाखत भएको छ ।

दुर्घटनामा परी अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ बस्ने २५ वर्षीय शंकर विक, सोही ठाउँका ३६ वर्षीय मोहन कुँवर र २८ वर्षीय भोजेन्द्र वि, रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बस्ने ३२ वर्षीय विजय थापा क्षेत्री, बुटवल–१७ बस्ने ३० वर्षीय पशुपति रसाइली, सोही ठाउँ निवासी वर्ष ४० का खुमबहादुर राना रहेका छन् । एक जनाको भने सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

दुर्घटनामा परी १५ जना घाइते भएका छन् । घाइते हुनेहरूमा बुटवल–१७ का ३८ वर्षीय विशाल रसाइली, सैनामैना नगरपालिका–६ रुपन्देही बस्ने ३१ वर्षीया मिरा रामदाम, सोही ठाउँका ५० वर्षीय श्यामबहादुर वि, बुटवल–१७ बस्ने ४५ वर्षीय धनबहादुर सुनार, अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ बस्ने ५४ वर्षीय गोपाल नेपाली, गुल्मीको छत्रकोट गाउँपालिका–३ बस्ने ४३ वर्षीय लालबहादुर विक, अर्घाखाँची मालारानी गाउँपालिका–२ बस्ने ३७ वर्षीय रमेश टोहटो, रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ बस्ने ४५ वर्षीय दिलमाया सुनार रहेका छन् ।

त्यस्तै अन्य घाइतेहरूमा तिलोत्तमा–१४ रुपन्देहीकी ४५ वर्षीया तारा सुनार, मालारानी–२ अर्घाखाँची बस्ने ३९ वर्षीय तुलसीराम बिक, सोही ठाउँका २२ वर्षीय दीपक बिक, बुटवल–१२ बस्ने ४८ वर्षीय माधवप्रसाद बस्याल, मालारानी–२ अर्घाखाँची बस्ने ४० वर्षीय अर्जुन रसाइली, सोही ठाउँ निवासी ३५ वर्षीय लक्ष्मण टोहटो र सोही ठाउँका २७ वर्षीय विष्णु विक रहेका छन् ।

घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रवास र तानसेन मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । बुटवलबाट शव लिएर सतगतको लागि रिडितर्फ जाँदै गरेको लु१ख ७२७९ नम्बरको बस आइतबार बिहान १०ः४० बजे पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवास्थित तानसेन–रिडी पक्की सडक खण्डमा करिब ५५ मिटर तल खसी दुर्घटना भएको थियो ।

चालक भने सकुशल अवस्थामा प्रहरी नियन्त्रणमा रहेको र दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ५ : ५८ बजे

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल

प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न