६ श्रावण २०८३, बुधबार | July 22, 2026

बलिउडलाई अल्लू अर्जुनको यस्तो सर्त



काठमाडौं । हालका दिनमा दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन आफ्नो फिल्म ‘पुष्पा’ कारण चर्चामा छन् ।

अल्लू र रश्मिका मन्दाना अभिनित यो फिल्मले बक्सअफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ । फिल्मको हिन्दी भर्सनले बक्सअफिसमा सारा रेकर्ड तोडेको छ ।

हिन्दी भर्सनमा यो फिल्मले चाँडै नै ७५ करोड रुपैयाँको आँकडा पार गर्ने तयारीमा छ । फिल्मले विश्वव्यापी रुपमा हालसम्म ३ सय करोड कमाइसकेको छ ।

‘पुष्पा’ हेरेपछि बलिउडमा अल्लूको फ्यान फलोइङ दिनानुदिन बढिरहेको छ । उनको लोकप्रियताका कारण उनलाई बलिउडबाट अफर पनि आउन थालेको छ ।

तर, अहिले नै बलिउडमा काम गर्न अल्लू तयार छैनन् । उनले एक अन्तर्वार्तामा आफूलाई बलिउडबाट अफर आए पनि ती अफर ‘उत्साहजनक’ नरहेकाले तुरुन्तै ‘हुन्छ’ भन्न तयार नरहेको बताएका छन् ।

‘हिन्दी फिल्ममा काम गर्न तयार छु । तर एउटा राम्रो कथा चाहिएको छ । जब कुनै हिन्दी स्क्रिप्ट लिन्छु, एक प्रमुख कलाकारलाई सहायक कलाकारको भूमिकामा देखिन मन लाग्दैन । त्यसकारण एक नायकको रुपमा म जहिल्यै मुख्य भूमिकामै अभिनय गर्न चाहन्छु । निर्माताले पनि यो कुरा बुझ्नुपर्छ । मेरो सर्त नै राम्रो कथा हुनुपर्छ भन्ने हो,’ उनले भनेका छन् ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १० : ४२ बजे

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक