१६ बैशाख २०८१, आइतबार | April 28, 2024

बलिउडलाई अल्लू अर्जुनको यस्तो सर्त



काठमाडौं । हालका दिनमा दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन आफ्नो फिल्म ‘पुष्पा’ कारण चर्चामा छन् ।

अल्लू र रश्मिका मन्दाना अभिनित यो फिल्मले बक्सअफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ । फिल्मको हिन्दी भर्सनले बक्सअफिसमा सारा रेकर्ड तोडेको छ ।

हिन्दी भर्सनमा यो फिल्मले चाँडै नै ७५ करोड रुपैयाँको आँकडा पार गर्ने तयारीमा छ । फिल्मले विश्वव्यापी रुपमा हालसम्म ३ सय करोड कमाइसकेको छ ।

‘पुष्पा’ हेरेपछि बलिउडमा अल्लूको फ्यान फलोइङ दिनानुदिन बढिरहेको छ । उनको लोकप्रियताका कारण उनलाई बलिउडबाट अफर पनि आउन थालेको छ ।

तर, अहिले नै बलिउडमा काम गर्न अल्लू तयार छैनन् । उनले एक अन्तर्वार्तामा आफूलाई बलिउडबाट अफर आए पनि ती अफर ‘उत्साहजनक’ नरहेकाले तुरुन्तै ‘हुन्छ’ भन्न तयार नरहेको बताएका छन् ।

‘हिन्दी फिल्ममा काम गर्न तयार छु । तर एउटा राम्रो कथा चाहिएको छ । जब कुनै हिन्दी स्क्रिप्ट लिन्छु, एक प्रमुख कलाकारलाई सहायक कलाकारको भूमिकामा देखिन मन लाग्दैन । त्यसकारण एक नायकको रुपमा म जहिल्यै मुख्य भूमिकामै अभिनय गर्न चाहन्छु । निर्माताले पनि यो कुरा बुझ्नुपर्छ । मेरो सर्त नै राम्रो कथा हुनुपर्छ भन्ने हो,’ उनले भनेका छन् ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १० : ४२ बजे

बझाङमा मतगणना सुरू

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । बझाङको छबिसपाथिभरा

वेस्ट इन्डिज ए द्वारा नेपाललाई १६१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं। वेस्ट इन्डिज एले नेपाललाई १६१ रनको लक्ष दिएको छ

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए विकेट

काठमाडौं। वेस्ट इन्डिज ए विरुद्ध नेपालले पाँचौं सफलता हासिल गरेको

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका