१० श्रावण २०८३, आइतबार | July 27, 2026

केही सहकारीका गलत कार्यका कारण सहकारी क्षेत्र नै बदनाम भयो : कार्यकारी अधिकृत गुरागाई



बुटवल । राष्ट्रिय सहकारी बैंक लिमिटेडका कार्यकारी अधिकृत बद्री गुरागाईले सहकारी संस्था र यसका बारेमा आवश्यक ज्ञान नहुँदा सदस्यहरु नै मारमा पर्ने गरेको बताएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा बारे जानकारी गराउन सोमबार बुटवलमा आयोजना भएको पत्रकार भेटघाटमा बोल्दै कार्यकारी अधिकृत गुरागाईले सहकारीहरुले कानून विपरित गएर चर्को ब्याजदर कायम गर्ने तथा विभिन्न शुल्क तथा कारबाहीको बहानामा सदस्यहरुलाई नै ठग्ने प्रवृत्तिको अन्त्य गर्नका लागि स्वयम् सहकारी सदस्यहरु नै सचेत हुनु पर्ने बताए।

उनले सहकारी संस्थाहरुलाई नियमन गर्ने निकायहरु कमजोर भएका कारण पनि थप समस्याहरु हुने गरेको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै बैंकका सञ्चालक समिति सदस्य माधवलाल देवकोटाले केही सहकारीहरुले गर्ने गलत कामका कारण समग्र सहकारी क्षेत्रले आलोचना खेप्नु परेको गुनासो गरे । उनले सहकारीले धेरै नागरिकलाई सहज र सरल सेवा दिने गरेको दाबी गर्दै सबै सहकारी भने चोखो नरहेको टिप्पणी गरे ।

बैंकको इकाईगत रुपमा साधारणसभा गर्ने नीति अनुसार लुम्बिनी प्रदेशको साधारणसभा मंगलबार बुटवलमा हुँदै छ ।

मुलुकभरका १४ हजार ५ सय बढी सहकारी संस्थाहरु आवद्ध रहेको बैंकमा लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाहरुबाट १ हजार ६ सय १२ वटा सहकारी संघ–संस्थाका प्रतिनिधिहरुका सहभागीमा साधारणसभा हुने भएको बताइएको छ। लुम्बिनीबाट छनोट भएका ५ प्रतिनिधि मात्र केन्द्रिय साधारणसभामा सहभागि हुन पाउने छन् ।

लुम्बिनीसँगै बाँकी एकाईहरुमा क्रमशः पौष २५ गतेसम्म साधारणसभा सम्पन्न गरी छनोट भएका एकाई प्रतिनिधिहरुको सहभातिामा पौष ३० गते काठमाण्डौंमा केन्द्रिय साधारणसभा सम्पन्न हुने बैंकले जनाएको छ ।

बैंकले ६८ वटा शाखा कार्यालयहरु मार्फत बैंकिङ सेवा पुर्याउँदै आएको छ । बैंकमा आबद्ध सहकारीहरु मार्फत ४० लाख बढी जनतालाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सेवा प्रदान हुँदै आएको बैंकको दाबी छ ।

बिभागीय प्रमुझ नवीन कुमार कार्कीका अनुसार १८ वर्षको अवधिमा बैंकको सेयर पूँजि २ अरोड, निक्षेप ६६ अर्ब ३४ करोड संकलन गरी ३५ अर्ब ९१ करोड कर्जा प्रवाह गर्दै कुल ७१ अर्ब ६५ करोड कारोबार गर्न सफल रहेको छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ८ : ४६ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले