१ आश्विन २०८३, बिहिबार | September 18, 2026

एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको जित



काठमाडौं । केलियन एम्बाप्पेको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपमा सानदार जित निकालेको छ ।
सोमबार राति सम्पन्न खेलमा पीएसजीले वेन्समाथि ४-० को फराकिलो जित निकालेको हो ।

खेलको २८ औं मिनेटमा प्रेस्नेल किम्पेम्बेले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले अघि रहेको पिएसजीले दोस्रो हाफमा थप तीन गोल गर्‍यो ।

खेलको ५९ औं मिनेटमा किम्पेम्बेको सहयोगमा गोल गर्दै एम्बाप्पेले टिमको अग्रता दोब्बर पारे । त्यसपछि ७१ औं मिनेटमा जाभी सिमोन्सको पासमा एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा त्यसपछि खेलको ७६ औं मिनेटमा जुनियर दिना एबिम्बेको पासमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

यो सँगै एम्बाप्पेले पीएसजीका लागि १ सय ९६ खेलमा १ सय ५० गोल गरेका छन् । खेलअघि लियोनल मेसीसहित चार खेलाडीलाई कोभिड-१९ पोजेटिभ देखिएपछि पिएसजी उनीहरूबिनै मैदानमा उत्रिएको थियो ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ८ : ०७ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा