२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

मौरिसससँग नेपालले दुबै खेल दशरथ रंगशालामा खेल्ने



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो अफ्रिकन प्रतिद्वन्दी मौरिसससँगको दुबै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार दुबै खेल दशरथ रंगशालामा हुने भएको छ । यसअघि दुबै खेल पोखरा लैजाने तयारी भए पनि निर्माणका कार्य समयमै पूरा नभएपछि एन्फा खेल काठमाडौंमै संचालन गर्ने निर्णयमा पुगेको हो ।

दुई मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइले साेमबार ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

नेपालले अफ्रिकी राष्ट्र मोरिसससँग घरेलु मैदानमा माघ १५ र १८ गते गरि दुई मैत्रीपूर्ण खेल खेल्दैछ । मोरिसस नेपालको पहिलो अफ्रिकी प्रतिद्वन्द्वी हो ।

नेपाली टोलीले पछिल्लो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल ३-० ले पराजित भएको थियो ।

प्रारम्भिक चरणमा पर्न सफल खेलाडीको सूची

किरणकुमार लिम्बु (गोलकिपर), दिप कार्की (गोलकिपर), विशाल श्रेष्ठ (गोलकिपर), सत्रुघन चौधरी (गोलकिपर), टिकेन्द्र थापा (गोलकिपर), आशिष लामा, आयुश घलान, आकाश बुढामगर, अनन्त तामाङ, एरिक बिष्ट, अन्जन बिष्ट, विमल घर्तीमगर, बिशाल राई, दर्शन गुरूङ, देबेन्द्र तामाङ, दिनेश हेम्जन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, रितिशरत्न छुन्जु, मनिष डांगी, नविन गुरूङ, नितिन थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुवास गुरूङ, सुदिप गुरूङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजजिउ ठकुरी, सुशिल राई र तेज तामाङ

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ७ : ३५ बजे

टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको

नौ दिनमै क्यान बोर्ड सदस्यबाट गुञ्जन शाहलाई फिर्ता बोलाइयो

काठमाडौं । गुञ्जन शाहलाई नियुक्त भएको  नौ दिनमै नेपाल क्रिकेट

दुई महिनामै ४ खर्ब ३६ अर्ब रेमिट्यान्स भित्रियो, २३.९ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा

पश्चिम नेपालमा आज र भोलि वर्षा र हिमपातको सम्भावना

काठमाडौं। पश्चिम नेपालका विभिन्न भूभागमा आज र भोलि मेघगर्जन तथा

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन