१८ चैत्र २०८२, बुधबार | April 1, 2026

पर्दामा कमब्याक गर्दै हिट बलिउड जोडी



काठमाडौं । सन् २०२२ मा बलिउडमा कैयौं नयाँ जोडीले फिल्मी पर्दामा आफ्नो अभिनयको जादु चलाउँदैछन् । तर यो वर्ष केही फरक के छ भने केही पुराना हिट जोडीले पनि पर्दामा कमव्याक गर्दैछन् ।

करीना कपूर खान र आमिर खानले ‘थ्री इडियट्स’ र ‘तलाश’ जस्ता फिल्ममा सँगै अभिनय गरे । अब यो जोडी अद्वैत चन्दनको फिल्म ‘लाल सिंह चड्डा’मा स्क्रिन शेयर गर्दै दर्शकमाझ आउँदैछन् । फिल्म यसै वर्षको अप्रिल १४ मा रिलिज हुनेछ ।

अभिनेता अक्षय कुमार र अभिनेत्री भूमि पेडनेरकले सन् २०१७ मा सोसियल ड्रामा फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’मा सँगै काम गरे । यो जोडी पाँच वर्षपछि आनन्द एल रायको फिल्म ‘रक्षाबन्धन’मा देखिँदैछन् । फिल्म अगष्ट ११ मा रिलिज हुँदैछ ।

अभिनेता कार्तिक आर्यन र अभिनेत्री सेननले सन् २०१९ को फिल्म ‘लुकाछिपी’मा रोमान्स गरेका थिए । यो जोडी फिल्म ‘शहजादा’मा पनि देखिँदैछन् । जसको सुटिङ दिल्लीमा भइरहेको छ ।

अभिनेत्री कृति सेननले सन् २०१४ मा रिलिज डेब्यू फिल्म ‘हीरोपन्ती’मा अभिनेता टाइगर श्राफसँग रोमान्स गरेकी थिइन् । उनीहरुको केमेष्ट्रीलाई दर्शकले निकै मनपराएका थिए । अब यो जोडी ‘गणपथ’मा देखिँदैछन् ।

अभिनेता शाहरुख खान अभिनेत्री दीपिका पादुकोणको डेब्यू फिल्म ‘ओम शान्ति ओम’ मा उनको को–स्टार थिए । यो फिल्मपछि उनीहरुले ‘चेन्नइ एक्सप्रेस’ र ‘ह्याप्पी न्यू ईयर’मा सहकार्य गरे । अब यो जोडी फिल्म ‘पठान’ मा देखिँदैछन् ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ९ : ४९ बजे

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”

लायन्स क्लब अफ बुटवल तिलोत्तमा र तिलोत्तमा मायादेवीमा नयाँ नेतृत्व चयन

बुटवल । लायन्स क्लब अफ बुटवल तिलोत्तमा र लायन्स क्लब