१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

सभापतिले एकलौटी गरेको भन्दै कांग्रेसको कोइराला पक्ष असन्तुष्ट, पार्टीमा दुर्घटना हुनसक्ने चेतावनी



काठमाडौं । पाटी केन्द्रीय कमिटीमा सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले केन्द्रीय सदस्यहरु मनोनित गरेपछि कांग्रेसको शेखर कोइराला पक्षले असन्तुष्टि व्यक्त गरेको छ ।

आफु निकट नेताहरुबीच आज भएको भेलापछि एक अपील जारी गर्दै कोइरालाले कुन मापदण्डका आधारमा केन्द्रीय सदस्यहरु नियुक्त गरेको भन्दै सभापति देउवालाई प्रश्न गरेका छन् । नेता कोइरालाले पार्टीमा सबैतिर न्यायोचित अवसरको वितरण र व्यवस्थापन जरुरी रहेको बताएका छन् । ‘नियुक्ति पाउनुभएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ । तर के मापदण्ड अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो हामी जान्न चाहन्छौं’ उनले भनेका छन्, ‘पार्टीमा न्यायोचित अवसरको वितरढा र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ ।’

कोइरालाले सभापतिको मात्र लाइक र डिस्लाइकबाट व्यक्तिको छनौट गरिए पार्टीमा दुर्घटना हुने चेतावनी पनि दिएका छन् । उनले विधि र विधान भन्दा बाहिर गएर गरिने सबै काम बन्द गराउनका लागि सबै एकढिक्का भएर प्रयत्न गर्नुपर्नेमा जोड दिएका छन् ।

१४औं महाधिवेशनमा पदाधिकारीमा पराजित आफु निकट नेताहरुलाई देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेपछि कोइराला पक्ष असन्तुष्ट बनेको हो ।

 

साथीहरु,

नेपाली कांग्रेसलाई नयाँ उचाइमा पुयाउने अभियानमा विश्राम लागेको छैन पार्टीको १४औं महाधिवेशनले केही साथीहरुलाई महत्वपूर्ण जिम्मेवारीमा पुयाएको छ भने केही साथीहरुलाई पदिय जिम्मेवारीबाट बाहिर राखेको छ ।

१) संगठन भित्रको जिम्मेवारी पाउनु भएका साथीहरुलाई कांग्रेस कार्यकर्ता र शुभेच्छुकहरुले मात्र आशा र भरोसा गरेका छैनन्, आम नेपाली जनता पनि बढी विश्वासका साथ हाम्रा साथीहरुको गतिविधिलाई हेरिरहेका छन । त्यस कारण हामी अग्नि परिक्षामा छौं ।

२) हाम्रो महाधिवेशन भर्खर सम्पन्न भएको छ अहिले पार्टी संगठन भित्र कटुता, विभाजन र सहयोगी भावना हामी कसैमा पनि आउनु हुँदैन तर यति भनिरहंदा पार्टीमा काम गर्ने निष्ठावान, इमान्दार, त्यागी र सक्षम नेता कार्यकर्ताहरुलाई नियोजित किसिमले पाखा लगाउने कामका विरुद्ध हामीले डटेर आवाज उठाउनु पर्छ । हामी लोकतन्त्रवादीहरु राजनीतिक खेल एउटा नियम संगत रुपमा अगाडि बढोस् भन्ने चाहन्छौं । सबै कांग्रेसजन एउटै परिवारका सदस्य हो, भन्ने भावना नेतृत्वबाट निर्णय गर्दा देखिनु पर्छ पार्टी नेतृत्वको गतिविधिले र निर्णयले कांग्रेस संगठनमा निराशा पैदा भए अगाडिका निर्वाचनहरु हाम्रा लागि असहज हुन सक्छन् । हाम्रो निर्णय प्रकृयाले पार्टीमा उजाको संचार गर्न नसके कांग्रेस शिथिल हुन सक्छ ।

३) पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नु भएको छ, नियुक्ति पाउनु भएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ । तर के मापदण्ड” अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो । हामी जान्न चाहन्छौं। पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ ।

४) सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनौट भए पार्टीमा दुर्घटना हुन सक्छ। विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने ?

मलाई थाहा छ । हामी पार्टीको निर्णय गर्ने ठाँउमा प्रभावकारी हुन सक्दैनौ होला तर पार्टी भित्र हुने सबै कार्यहरु न्यायसंगत, विधि र विधानसंगत, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय गरियोस् भन्ने चाहन्छौं। यी विषयहरुमा हामी आवाज उठाउन सक्ने कि नसक्ने मलाई लाग्छ हामी सक्छौं।

साथीहरु

हाम्रा अगाडिका बाटाहरु सहज छैनन, तीन तहको निर्वाचन हाम्रो सामु छ । कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन हामी देशभरी साथीहरु सामु जानेछौं। कांग्रेस एकताको सन्देश र रुपान्तरणको सन्देश बोकेर नेपाली जनताको विश्वास र भरोसाको कांग्रेस निर्माणको अभियानमा जानेछौं । हामी थाक्ने छैनी र विश्राम लिने छैनौं । हामी कुनै पनि कार्यकर्ता साथीहरुको शिर झुक्न दिने छैनौं र निराश हुन दिने छैनौ। कांग्रेस हुनुको गर्व अनुभूत गराउने प्रयासमा हामी लागि नै रहने छौ। तीनै तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा न्याएर र देशको मुहार कांग्रेसले मात्रै फेर्न सक्छ भन्ने अभियानमा हामी कटिबद्ध छौं ।

जय नेपाल

डा. शेखर कोइराला

२१ पौष २०७८

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ३ : ४५ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर