१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

भाइब्रेन्ट गुजरात समिट स्थगित, प्रधानमन्त्री देउवाको भारत भ्रमण के हुन्छ अब !



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको भाइब्रेन्ट गुजरात सम्मेलन स्थगित भएको छ ।

भारतको गुजरातमा जनवरी १० देखि १२ सम्म आयोजना हुने भनिएको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको भएको भारतीय संचार माध्यम एएनआईले जनाएको छ ।

भारतमा पुन बढ्दै गएको कोरोना भाइरसको ओम्रिकन भेरियन्टका कारण गुजरात सरकारले सम्मेलन स्थगित गरेको समाचारमा उल्लेख गरिएको छ । गुजरात सरकारले समिटको अर्को मिति तय निश्चित गरेको छैन ।

सम्मेलनमा भाग लिने नेपालसहित विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागीता हुने कार्यक्रम थियो । सम्मेलनमा रसियाली प्रधानमन्त्री, मोजाम्बिकका राष्ट्रपति, मौरिससका प्रधानमन्त्री र स्लोभानियाका प्रधानमन्त्री सहभागी हुने कार्यक्रम तय भएको थियो । त्यस्तै विभिन्न देशका मन्त्री र कम्पनीका सीईओ पनि सहभागी जनाउने बताइएको थियो ।

समिटमा भाग लिन पुस २५ गते प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने कार्यक्रम तय भएको थियो । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणको निर्णय गरेको थियो । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समितिले पनि आजैमात्र भ्रमणको सफलताको कामना गरेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भनिएको समिटमा सहभागी हुन प्रधानमन्त्री देउवा पुस २५ गते भारत जाने तयारी भइरहेको थियो।

समिट स्थगित भएपछि प्रधानमन्त्री देउवा भारत जानेरनजानेबारे निर्णय भएको छैन।

प्रधानमन्त्रीको भ्रमण हुने नहुनेबारे आजै साँझसम्म जानकारी आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  १ : १६ बजे

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी । महोत्तरी कारागार जीर्ण भएको छ । सङ्घीय संसद्को

पत्रकार महासंघको स्थापना दिवसको अवसरमा सभामुख घिमिरेले दिए शुभकामना

काठमाडौ. । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै म्याग्दीको प्राविधिक शिक्षालय

म्याग्दी । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको