१० श्रावण २०८३, आइतबार | July 27, 2026

आईपीओ र सेकेन्डरी शेयरमा चासो बढाउँदै गृहिणी महिला



बुटवल । प्रायः सधैं फुर्सदिली देखिने तिलोत्तमा ३ सुनौलो नगरकी विमला सारु अचेल व्यस्त देखिन्छिन् । शेयर बजारमा लगानी गर्न थालेपछि र आईपीओ भर्न थालेपछि विमला व्यस्त देखिन थालेकी हुन् । उनलाई शेयर बजारमा आईपीओ भर्ने बानी नपरुन्जेल ल्यापटप चलाउन पनि आउँदैन थियो । तर आईपीओ भर्न र शेयर बजार कारोबारमार्फत बेलाबेलामा नाफा आउन थालेपछि उनको ल्यापटपमा व्यस्त हुने बानी परेको छ । विमला पछिल्लो समय प्रायः ल्यापटपमा नै व्यस्त देखिन्छिन् ।

विमलालाई आईपीओ भरेको केहिदिनमा नै निफ्रा तथा महिला लघुवित्तसहित चार वटा कम्पनीको आईपीओ परेपछि उनलाई शेयर बजारमा चासो बढेको हो ।

पछिल्लो समय अहिले गृहिणी महिलाको लागि त शेयर बजारको सेकेण्डरी मार्केट नै रोजाईमा पर्न थालेको छ । सानो लगानीबाट छिट्टै मुनाफा आउने र सानातिना खर्चहरु र घरयासी समस्या समाधान गर्न सकिने भएका कारण महिलाको यसमा आकर्षण बढेको हो । विमलाले सुरुमा एक हजार मात्र शेयर बजारमा लगानी गरेकी थिइन् । त्यो एक हजारले छिट्टै पैसा कमाएपछि उनलाई शेयर भर्ने बानी प¥यो ।

‘एक हजार लगानी गरेकी थिएँ, केही समयमै पाँच हजार भयो, उत्साहित हुँदै विमलाले भनिन्,’ ‘पहिला थाहा भएन, सबैको कुरा सुनेर भरेकी थिएँ परिहाल्यो ।’ विमलालाई पहिलो पटक आईपीओ भर्दा निफ्रा कम्पनीको शेयर परेको थियो ।

बाहिर जान पनि नपर्ने घरमै बसी बसी अनलाइन बाटै सेयर कारोबार गर्न सकिने भएकाले महिलाहरुका लागि यो राम्रो भएको विमला बताउँछिन् ।

दिउँसोको खाली समय सधै सुतेर समय बिताउने काठमाडौं सतुङ्गलकी पबित्रा काप्री पनि आजभोलि अहिले कम्प्युटरमा व्यस्त हुने गरेकी छिन् । उनलाई पनि शेयर बजारले नै कम्प्युटरमा व्यस्त बनाएको हो । अनलाइनबाट भरेको दुईवटा आईपीओ परेपछि उनी शेयरबजारमा उनी आकर्षित भएकी हुन् ।

शेयरबजारमा राम्रो कम्पनी रोजेर लगानी गर्न सके घरमा बस्ने महिलाहरुलाई पैसा कमाउन धेरै सजिलो भएको शेयरमा नाफा कमाएका महिलाले बताउँछन् । तर, सुरुसुरुमा उत्साहित बनेका यी महिलाहरु शेयर बजार ओरालो लाग्दा र आईपीओ नखुल्दा भने चिन्तित बनेका छन् । ‘शेयरबाटै कमाएको तीन लाख लगानी गरेकी थिएँ, तर आईपीओ नखुल्दा चिन्ता लागेको छ’, पवित्राले भनिन् ।

यता महिला लघुवित्त कम्पनी भने महिलाहरुले संचालन गरेको कम्पनी हो । महिला लघुवित्तमा पनि एक हजार लगानी गरेका सर्वधारणलाई ५० हजार आम्दानी दिन सफल भएकोे थियो । शेयर लगानीमा आएको नाफाका कारण सर्वसाधारणमा लगानी गर्नेहरुमा थप आकर्षण बढेको थियो ।

सेकेण्डरी सेयरबजार बीस लाख लगानी गरेका काठमाडौं सतुंङ्गल राष्ट्रिय अनुसन्धान विकास केन्द्रका अध्यक्ष निलकण्ठ पौडेलले महिला अशक्तहरुका लागि शेयर बजार राम्रो पैसा कमाउने माध्याम भएको बताए ।

‘मैले एक वर्षमा दश लाख कमाए । तर सेयरबजारमा ठुला लगानी कर्ताले साना लगानी कर्तालाई लुट्छन् यसमा भने होशियार हुनैपर्छ’, उनले भने, ‘अहिले शेयरबजार स्थिर छ पहिलाको तुलनामा लगानीकर्तालाई घाटा लागेको छ ।’

‘शेयरबजार भनेको पुँजी हो । सेयरबजार भनेको जोखिमको क्षेत्र पनि हो ।’ पौडेलले भने, –जहाँ बढी नाफा हुन्छ त्यहाँ जोखिम पनि हुन्छ । यो पुँजी निमार्ण गर्ने ठाउँ पनि हो ।’

केह्री वर्ष अघि सर्वसाधारणको ज्ञान भन्दा पर रहेको शेयरबजार अहिले आर्थिक चासोको रुपमा सार्वजनिक जनचासोको विषय बनेको छ । बैंंक खाता नभएकाले पनि खाता खोल्न थालेकाले पनि नेप्से निरन्तर उकालो लागेको हो । तर अहिले नेप्से ओरालो लागेको छ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ११ : ०२ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले