२९ माघ २०८२, बिहिबार | February 12, 2026

किन आवश्यक छ बुस्टर डोज ?



काठमाडौं । कोभिड विरुद्धको खोप एक पटक लगाएर जीवनभरी काम नगर्ने अनुसन्धानले देखाएको छ । खोप लगाएको केही समय बितेपछि बिस्तारै एन्टिबडी लेभल (रोग प्रतिरोधी शक्ति दिने तत्व) बिस्तारै घट्दै गएको अध्ययनले देखाएको छ ।

बीच–बीचमा थप खोप दिएर एन्टिबडी लेभल बढाउने प्रयास गरिएन भने रोग प्रतिरोधात्मक शक्ति कम हुने र फेरि रोग लाग्ने सम्भावना बढ्दै जान्छ । त्यही कारणले गर्दा विश्व स्वास्थ्य संगठनले दुई मात्रा खोप लगाएकाहरुले बुस्टर लगाउन सिफारिस गरेको छ । जोन्सनको खोप एक मात्रा लगाएकाहरुले बुस्टर खोप लगाउन सक्छन् । पूर्ण खोप लगाएको ६ महिनापछि बुस्टर डोज लगाउन सकिन्छ ।

विश्वस्वास्थ्य संगठनले पनि कुल जनसंख्याको ४० प्रतिशतले खोप लगाएपछि बुस्टरडोज दिन सिफारिस गरिसकेको छ ।

सोही अनुरुप नेपाल सरकारले पनि कुल जनसंख्याको ४० प्रतिशतले कोभिडको पूर्ण मात्रा खोप लगाएमा ’बुस्टर डोज’ र अतिरिक्त खोप दिने जनाएको छ ।

सरकारले गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, सक्रिय क्यान्सर रोगी, अंग प्रत्यारोपण गरेका विरामी, एचआईभी भएका विरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका विरामीलाई लक्षित गरि अतिरिक्र मात्रा खोप दिने निर्णय गरेको थियो ।

तर सरकारले पहिले सबै नागरिकलाई कोभिडविरुद्धको खोप अभियान द्रूत गतिमा सञ्चालन गर्न आवश्यक भएकोले सो कार्यक्रम स्थगित गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त कार्यक्रम माघदेखि सुरु गर्ने जनाएको छ ।

लक्षित जनसंख्याको ५४.२ प्रतिशतले लगाए पूर्णमात्रा खोप

हालसम्म खोप अभियान सुरु भएदेखि अहिलेसम्म दुई करोड ५५ लाख २१ हजार ६३९ मात्रा खोप लगाईसकेको छ । जसमध्ये लक्षित जनसंख्याको ७३.९ प्रतिशतले एकमात्रा र ५४.२ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन्। त्यस्तै कुल जनसंख्याको ४८.४ प्रतिशतले कम्तिमा एक मात्राको खोप लगाएका छन् भने पूर्ण मात्राको खोप लगाउनेको संख्या ३५.६ प्रतिशत पुगेको छ ।

सरकारले दिने बुस्टर डोज र अतिरिक्त मात्रा खोपमा के फरक छ ?

दुई मात्रा खोप लगाएका सबै व्यक्तिले रोगप्रतिरोधात्मक क्षमतालाई ‘बुस्ट’ गर्न बुस्टर डोज लगाउनुपर्ने राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष डा रमेशकान्त अधिकारीले जानकारी दिए ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने प्रेस ब्रिफिङमा उनले दुई वटा खोप लगाएका सबै व्यक्तिले पनि बुस्टर डोज लगाउनुपर्ने बताए । अधिकारीका अनुसार ‘बुस्टर डोज’ भनेको रोगप्रतिरोधात्मक क्षमतालाई ‘बुस्ट’ गर्नु अर्थात रोग प्रतिरोधात्मक क्षमतालाई अझै बढाउनु हो । ‘अतिरिक्त खोप ती व्यक्तिहरुका लागि हो, जुन व्यक्तिहरुमा रोगप्रतिरोधक क्षमता कम हुन्छ जस्तै दीर्घरोगीहरु र विशेष उमेरसमूह।’,उनले भने, ‘ ती व्यक्तिहरुलाई पनि पछि गएर रोगप्रतिरोधात्मक शक्ति बढाउनका लागि बुस्टर डोज दिनुपर्ने हुन सक्छ ।’

‘ बुस्टर डोज जसले दुई मात्रा लिएका सबैलाई हो तर जुन व्यक्तिहरु रोग प्रतिरोधी क्षमता कम भएका छन् र कुनै उमेर समूहका छन् भने तिनीहरुलाई जुन दिइन्छ त्यो थप मात्रा अर्थात् अतिरिक्त मात्रा भनिएको हो ।’ डा अधिकारीले भने । ‘अनुसन्धानका आधारमा खोपको प्रभावकारिता, खोपको सुरक्षा लगायतका आधारमा अहिलेसम्म जसले जुन खोप पहिला लगाएका छन् त्यही खोप लगाउन उपयुक्त हुने डा. अधिकारीले सुझाव दिन्छन ।

डा अधिकारीका अनुसार पहिला जुन खोप लगाएको हो, बुस्टर डोजपनि त्यही लगाउँदा पहिले भइराखेकै एन्टिबडीलाई बढाउने काम गर्छ । जुन सुरक्षित पनि हुन्छ । बुस्टर डोज लगाउँदा अर्कै खोप लगाउँदा सुरक्षासम्बन्धी प्रश्न पनि उठ्न सक्ने डा. अधिकारीले बताए ।
‘जुन खोप पहिला लगाइसकिएको छ, त्यसको सुरक्षाका बारेमा हामीलाई थाहा छ । त्यसैले त्यही खोप नै लिनु उपयुक्त हुन्छ ।’ उनले भने । आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ७ : २९ बजे

कोकाकोला फाउन्डेसनसँगको सहकार्यमा क्रिएसनद्वारा ‘३ सफा गरौँ’ अभियानको शुभारम्भ

काठमाडौं । क्रिएसन नेपालको आयोजनामा दि कोकाकोला फाउन्डेसनको सहयोगमा सञ्चालन

स्थानीयतहमा अर्घाखाँचीको पाणिनि गाउँपालिका देशभरिकै अब्बल (सूचीसहित)

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय

एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

भदौ २४ गते राष्ट्रपतिलाई समेत ढालेर कठपुतली सरकार बनाउने षड्यन्त्र भएको थियो : प्रचण्ड

बागलुङ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचनलाई

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड