१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

काठमाडौंमा आजबाट कोरोनाविरुद्ध बुस्टर डोज लगाइदै



काठमाडौं । कोभिड-१९ विरुद्ध आजबाट काठमाडौंमा बुस्टर डोज दिइने भएको छ ।

आजदेखि १८ वर्षभन्दा माथिका दुई डोज लगाइसकेका व्यक्तिलाई बुस्टर डोज दिइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । काठमाडौंका सबै स्वास्थ्य संस्थाबाट कोभिशिल्ड खोपको बुस्टर डोज दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार साउन ६ गतेसम्म बुस्टर डोज दिइनेछ । बिहान १० देखि साँझ ५ बजेसम्म बुस्टर डोज लिन सकिनेछ ।

पहिलो र दोस्रो डोज लगाएका व्यक्तिले खोप कार्ड वा विद्युतीय दर्ता गरेको प्रिन्ट कपीसहित खोप लगाउन जान स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

बुस्टर डोज लगाउनका लागि दोस्रो डोज लगाएको तीन महिना पुगेको हुनुपर्नेछ । ज्वरो आइरहेका र अरू कारणले बिरामी भएकालाई बुस्टर डोज नलगाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ८ : ३१ बजे

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की । त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौं । देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर