४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपालगञ्ज नाकामा एकै दिन भेटिए ३७ जना कोरोना संक्रमित



नेपालगञ्ज । भारतमा कोरोना संक्रतिम बढेसंगै भारतबाट नेपाल फर्कंदै गरेका नेपालीमा पनि कोरोना पुष्टि हुने क्रम बढेको छ ।

नेपाल भारत सिमानाको नेपालगञ्ज नाका हुँदै शुक्रबार नेपाल भित्रिएका ३७ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाको दोस्रो लहरमा कमी आएपछि नेपालगञ्ज नाकामा एकैदिन ठुलो संख्यामा संक्रमित भेटिएको पहिलो घटना हो ।

नेपालगञ्ज नाकामा रहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले ७ सय १० जनाको जाँच गर्दा ३७ जनामा कोरोना देखिएको जानकारी दिए । कोरोना प्ुष्टि भएकाहरुमा भारतको महाराष्ट्रबाट आएका धेरै रहेको उनले बताए ।

कोरोना पुष्टि भएकाहरुलाई एम्बुलेन्सबाट नेपालगञ्जको बाल मन्दिर नजिकै बनाइएको आइसोलेसन सेन्टरमा राखिएको छ ।

शुक्रबारदेखि नेपालगञ्ज नाकामा मास्क अनिवार्य गरिएको छ भने भारतबाट आएका सबैलाई समेत अनिवार्य मास्क लगाउन लगाइएको छ ।

उनीहरुलाई केही दिन नेपालगञ्जको आइसोलेसन सेन्टरमा राख्ने र सम्बन्धित पालिकासँग समन्वय गरेर पठाउने तयारी भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  १ : १५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको