५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

महाकालीको पानी आएपछि किसानले फलाए आलु



बैतडी । खेती किसानी गर्न आकासको पानीको भर पर्दा सधैं बाँझो रहने खेतमा अहिले महाकालीको पानी कलकल बगिरहेको छ । बाँझो खेतमा महिलाहरुले मेहनत गरेर गोठेमलको प्रयोग गरेपछि पहिलो पटक ४० क्विन्टल आलु फलेको छ । स्थानीय सरकारले महाकालीको पानी तान्न १५ लाख रुपैयाँको लिफ्ट सिँचाई योजना बनाएपछि बैतडीको दशरथचन्द नगरपालिका-१०, तिरखडेनीका महिलाले आलुखेती गरेका हुन् ।

दशरथचन्द नगरपालिका र रुडेस-अक्सफामको सहयोगमा बनेको लिफ्ट सिँचाई योजनाले बैतडीको तिरखडेनी गाउँ अहिले हराभरा भएको स्थानीय महिला किसान शान्ति बुडालले बताइन । ‘गोठेमल प्रयोग गरेर गाउँमा पहिलो पटक हामीले ४० क्विन्टल आलुको बिउँ रोप्यौँ’, शान्ति बुडालले भनिन, ‘युरिया, मलखाद र विषादीको प्रयोग नगरी आलु फलाएका छौँ ।’

कृषि ज्ञान केन्द्र बैतडीले स्थानीय महिलाहरुलाई सामूहिक तरकारी खेती गर्न ४० क्विन्टल आलुको बिउँ दिएको थियो । गाउँमा पहिलो पटक महिलाहरुले व्यवसायिक आलुखेती सुरु गरेको कृषि प्राविधिक ललिता जोशीले बताइन । गतवर्ष छेउमै बगिरहेको महाकाली नदीको पानी लिफ्ट गर्न दशरथचन्द नगरपालिकाले आर्थिक सहयोग गरेको थियो । रोपेको तीन महिना नपुग्दै आलु फलेपछि पुस २२ गतेदेखि आलु खन्न सुरु गरेको स्थानीय किसान कौशा बुडालले बताए ।

यसअघि भारतीय बजार झुलाघाट गएर तरकारी किन्दै आइरहेको सम्झना गर्दै प्रताप बुढालले अब त्यो समस्या टरेको बताए । ‘महाकालीबाट लिफ्ट सिंचाई योजना बनेपछि गएको एक वर्षदेखि हामीले बजारबाट तरकारी किनेका छैनौं’, उनले भने, ‘बरु अहिले बजारमा तरकारी बिक्री गरिरहेका छौँ ।’ आजको गोरखापत्र दैनिकमा गोकर्ण दयालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ७ : ४३ बजे

रासस ६५ औं स्थापना दिवश : निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयनमा जोड

बुटवल । राष्ट्रिय समाचार समिति(रासस) को ६५ औं वार्षिकोत्सवका अवसरमा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेदवार खत्री

देवदह । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्रनम्बर-१ मा नेपाली

रुपन्देहीमा उन्नत गहुँ खेतीसम्बन्धी एकहप्ते तालिम, नयाँ जात र प्रविधिमा किसानलाई प्रशिक्षण

रुपन्देही । राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम अन्तर्गत उन्नत गहुँ खेती

काठमाडौं-६ : मतदाता भन्छन् – ‘गरिखाने वातावरण देऊ’

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति जतिजति नजिक हुँदै

बुर्तिबाङ-ढोरपाटन सडक निर्माण धमाधम

बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडक