६ श्रावण २०८३, बुधबार | July 23, 2026

देशैभर उच्च स्वास्थ्य सतर्कता



काठमाडौं । पछिल्लो एक सातायता कोरोनाभाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या बढ्न थालेपछि सरकारले देशैभर उच्च स्वास्थ्य सतर्कता अपनाएको छ ।

शुक्रबार जिन सिक्वेन्सिङ गर्दा २४ जनामा ओमिक्रोन भेटिएको थियो । ओमिक्रोन भेरियन्ट भेटिएसँगै दैनिक झन्डै एक हजारको संख्यामा संक्रमित भेटिन थालेपछि सरकारले उच्च सतर्कता अपनाएको हो ।

भारतमा दैनिक झन्डै एक लाख संक्रमित भेटिन थालेसँगै खुला सिमाना जोडिएको नेपालमा पनि संक्रमितको संख्या ह्वात्तै बढेको हो । संक्रमितको संख्या बढेपछि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले सावधानी अपनाउन निर्देशन दिएको थियो ।

संक्रमणको तेस्रो लहर फैलने त्रास बढेपछि बसेको सीसीएमसीको बैठकमा कोरोनाको बढ्दो संक्रमण रोकथामका लागि सजगता अपनाउने, सिमानामा होल्डिङ सेन्टर सञ्चालन गर्ने, भारतबाट फर्किएकाको एन्टिजेन परीक्षण र पीसीआर गर्ने, तत्काल स्वास्थ्य संरचना बनाउने, भारतबाट फर्किएकालाई आइसोलेसनमा राख्नेलगायतको निर्णय भएको थियो ।

बैठकमा स्मार्ट लकडाउन अर्थात् भीडभाड हुने क्षेत्र विद्यालय, सिनेमा हल, डान्स, डिस्को, चिडियाखानालगायतका क्षेत्र बन्द गर्ने सम्बन्धमा पनि छलफल भएको थियो । सरकारले एक साताको तथ्यांक विश्लेषण गरी स्मार्ट वा पूर्ण कुनचाहिँ लकडाउन गर्ने भन्ने निर्णय गर्ने बताइएको छ । यो आजको नेपाल समाचारपत्र दैनिकमा ईश्वररराज ढकालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ७ : ५४ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क