४ पुस २०८२, शुक्रबार | December 20, 2025

एमाले बाजुरा अधिवेशन : प्रतिनिधि सडकमा कठ्याग्रिँदै, नेता न्यानो कोठाभित्र सहमति खोज्दै



बाजुरा । नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशन अन्य जिल्लामा जस्तै शुक्रबारबाटै सुरू भएको छ । तर तेस्रो दिन पनि नेतृत्व चयन हुन सकेको छैन ।

नेतृत्व चयनका लागि सहमतिको प्रयास भन्दै नेताहरू न्यानो कोठाबाट बाहिर निस्केका छैनन भने प्रतिनिधिहरू चिसो सडकमा कठ्याङ्ग्रिन बाध्य छन् । पुसको सिमसिम पानीमा प्रतिनिधिहरू सडकमा नेताहरूको आदेशको पर्खाइमा छन् । २२ पुसमै सदरमुकाम पुगेका प्रतिनिधिहरू दिनहुँजसो सडकमा यत्रतत्र भौतारिरहेको मात्रै देखिन्छन् ।

प्रतिनिधिहरूका अनुसार महाधिवेशन लम्बिदा खर्च सकिन थालेको छ । चिया खाजा खाने पैसासमेत नभएपछि दिनभर सडकमै गफ गरेको बस्न थालेको उनीहरूको भनाइ छ । यता, नेताहरू आन्तरिक छलफल भन्दै चिसोको डरले न्यानो कोठाबाट बाहिर निस्केका देखिदैनन् । शनिबार बन्दसत्र सम्पन्न गर्नुपर्ने पार्टीको पूर्वघोषणा थियो । तर आइतबारसम्म पनि बन्दसत्र सुरू भएको छैन ।

आकांक्षी धेरै भएका कारण सहमति हुन नसकेको हो । एक जना अध्यक्ष पदका लागि चार जनाको उम्मेवारी छ । एमालेभित्र पनि दुई वटा गुटको हालिमुहाली हुँदा कसलाई सहमति गर्ने भन्ने टुंगो लाग्न नसकेको प्रतिनिधिहरूको गुनासो छ ।

एमालेका स्थानीय कमिटी सदस्य कर्णबहादुर थापाको प्यानलमा लालबहादुर ओली रहेका छन् । भने सांसद लालबहादुर थापाको प्यानलबाट कालिबहादुर शाहीले अध्यक्ष दाबी गरिरहेका छन् । -न्युज कारखाना

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ५ : ०६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको