१५ बैशाख २०८१, शनिबार | April 27, 2024

गरिबी अन्त्य भए मात्र देशको अर्थतन्त्र बलियो हुन्छ : डा. बाबुराम भट्टराई



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले गरिबी अन्त्य भए मात्र देशको अर्थतन्त्र बलियो हुने बताएका छन् ।

काठमाडौंमा आइतबार राष्ट्रिय व्यापार संघको १७ औं वार्षिक साधारण सभा तथा नवौं महाधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा चेतनामा परिवर्तनसँगै गरिबी अन्त्य नभएसम्म देशको अर्थतन्त्र बलियो हुन नसक्ने बताए ।

सबै पक्ष एकजुट भएर गरिबी अन्त्य गरेर देशको अर्थतन्त्र बलियो बनाउनुपर्नेमा उनको जोड छ । राजनीति व्यवस्था परिवर्तन भए पनि अर्थतन्त्र सुधार्न नसकेको बताएका डा। भट्टराईले दैनिक जीवनयापनका लागि युवा विदेश पहलायन हुने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

राजनीतिक नेतृत्वको अदूरदर्शीका कारण देशको विकास र समृद्धि हुन नसकेको बताउँदै उनले देशको समृद्धिका लागि राजनीतिक नेतृत्वले विज्ञहरुको ज्ञान, सीप र अनुभवको सदूपयोग गर्न सक्नुपर्नेमा जोड दिए ।

कर्मचारी संयन्त्रमा देशलाई समृद्ध बनाउन जनशक्ति भए पनि त्यसलाई परिचालन गर्न राजनीतिक नेतृत्वले ध्यान दिन नसकेको डा। भट्टराईको भनाइ छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ५ : २४ बजे

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।