५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

भ्रष्टाचारलाई जरैदेखि हटाउन आवश्यक छ : केपी ओली



झापा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारलाई घृणा गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरेका छन्।

झापाको भद्रपुर–१० चन्द्रगढीस्थित शहीद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले सो आग्रह गरेका हुन्।

“देशको गरिमा उच्च पार्न र मुलुकलाई विकसित बनाउनका लागि भ्रष्टाचारलाई जरैदेखि हटाउन आवश्यक छ”, ओलीले भने, “भ्रष्टाचारलाई घृणा गर्नुहोस्, ढिलासुस्ती नगरेर जनताको मन जित्नेगरी काम गर्नुहोस् ।”

अध्यक्ष ओलीले मानिस कुनै न कुनै राजनीतिक विचारबाट प्रेरित हुने गरेको बताउँदै कर्मचारी पनि त्यसबाट भिन्न नरहेको उल्लेख गरे । उनले भने “काम गर्ने बेलामा कर्मचारीले निरपेक्ष भएर जनताको काम गर्नुपर्छ, कर्मचारी संयन्त्र जनताको सेवा गर्ने संयन्त्र हो ।”

पूर्वप्रधानमन्त्री समेत रहको ओलीले राजनीतिक परिवर्तनमा कर्मचारीको योगदान उच्च रहेको उल्लेख गर्दै लोकतन्त्र खोसिएको अवस्थामा कर्मचारी सङ्कट मोचनमा अग्रसर भएको बताए। उनले कर्मचारीको हकहितका लागि लोकतान्त्रिक मान्यतालाई संरक्षण र सम्बद्र्धन गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले चुनावमा निष्पक्ष रुपमा काम गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह समेत गरे । नेपाल निजामति कर्मचारी सङ्गठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुरको अगुवाइमा भवन निर्माण भएको भवन निर्माण समितिका संयोजक लक्ष्मीप्रसाद गुरागाईंले बताए ।

दुई तले भवनको कूल लागत रू एक करोड ८८ लाख नौ हजार ५७० रहेको छ । भवनको शिलान्यास एमाले अध्यक्ष ओलीले नै २०७० माघ ५ गते गरेका थिए ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ५ : ३३ बजे

गोकर्णको सपना : गुल्मी राष्ट्रिय प्रसारण लाइनमा जोडियो, १३२ केभी विद्युत प्रवाह सुरु

गुल्मी । लामो प्रतीक्षापछि गुल्मी जिल्ला राष्ट्रिय विद्युत प्रसारण प्रणालीसँग

२० अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको

नेकपा (संयुक्त)द्वारा घोषणापत्र सार्वजनिक, विदेशी सहयोगमा निर्भरता अन्त्य गर्ने (पूर्णपाठसहित)

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी ९संयुक्त०ले आफ्नो

लुम्बिनी प्रादेशिक अस्पतालमा वक्तृत्वकला प्रतियोगिता

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मंगलबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न

राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा