१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

प्रधानमन्त्री कार्यालयमा सचिवको ताँती



काठमाडौं । सचिवको दुई दरबन्दी थप भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवहरूको ताँती लाग्न थालेको छ । चुस्त प्रशासन सञ्चालन गर्न र अनुगमन गर्न तीनदेखि चार जना सचिव भए पुग्नेमा सात जना सचिव राखेपछि प्रधानमन्त्री कार्यालयको प्रशासन संरचना झनै भद्दा बन्न पुगेको छ । सात जना सचिव भए पनि उनीहरूको कार्यसम्पादन सशक्त हुन नसक्दा परिणाम खासै हासिल हुन सकेको छैन ।

सकारले केही दिनअघि मात्रै ‘ओ एन्ड एम’ नै नगरी बिनाऔचित्य प्रशासन र प्राविधिकतर्फ सचिवको एक एक पद सिर्जना गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवको संख्या सात पुगेको छ । यसअघि प्रशासनतर्फका चार र कानुनतर्फका एक गरी पाच जना सचिव रहेका थिए । अब भने प्रशासनतर्फका एक थप गरी पाँच जना, कानुनतर्फका एक र प्राविधिक (इन्जिनियरिङ) तर्फका एक गरी सात जना सचिव पुगेका हुन् ।

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज गरेपछि त्यससँगै खारेजी भएको सचिव पदलाई प्रधानमन्त्री कार्यालयमा ल्याएको हो । सो पद इन्जिनियरिङतर्फको हो । यसैगरी, बिरामी अवस्थामा रहेका खगेन्द्र नेपालका लागि प्रशासनतर्फको अर्को विशिष्ट पद सिर्जना गरिएको हो । यद्यपि, नेपाल सेवा निवृत्त भएसँगै सो पद खारेज हुने बताइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार पछिल्लो समय प्रधानमन्त्री कार्यालय सचिवहरू डम्प गर्ने थलोको रूपमा विकास भएको छ । कसैलाई अन्य मन्त्रालयबाट तान्नु पर्ने भएमा वा कोही कतै विवादमा परेका प्रधानमन्त्री कार्यालयमा तान्ने गरिएको छ । अन्य मन्त्रालयबाट तानेर ल्याइएपछि आएका सचिवहरूले उच्च मनोबलका साथ काम गर्ने वातावरण नै बन्न नसक्दा प्रधानमन्त्री कार्यालयका सचिवहरूले राम्ररी काम नगर्ने गरेको प्रधानमन्त्री कार्यालयका ती अधिकारीले बताए ।

सिंगो सरकारको कार्यसम्पादन प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयका सचिवहरूको भूमिका सशक्त हुने भए पनि सरकारले उनीहरूलाई उचित वातावरण दिन नसक्दा परिणाम करिब करिब शून्य जस्तै आउने गरेको कार्यालयका अधिकारीहरूको दाबी छ । ‘प्रधानमन्त्री कार्यालयमा आउने सचिवहरू मनोबल उच्च भएको काबिल हुनुपर्छ तर हामीकहाँ अन्यत्रबाट मिल्काएर प्रधानमन्त्री कार्यालयमा ल्याइन्छ, जसका कारण ती सचिवले राम्ररी काम नै गर्न सक्दैनन्,’ प्रधानमन्त्री कार्यालयका अर्का एक अधिकारीले भने ।

सरकार तथा मुख्य सचिवले पनि प्रधानमन्त्री कार्यालयमा राख्ने सचिवहरूको खासै ध्यान पुर्याउन नसक्दा समस्या भएको उनको दाबी छ ।

सरुवामा अत्यधिक ध्यान, फेरि ६ सचिवको सरुवा

पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायका ६ सचिवको सरुवा गरेको छ । जसअनुसार बागमती प्रदेश प्रमुख सचिव किरणराज शर्माको रक्षा मन्त्रालयमा सरुवा भएको छ । प्रदेश २ का प्रमुख सचिव हरिप्रसाद मैनालीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ भने सो मन्त्रालयकी सचिव यामकुमारी खतिवडालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दरबन्दी राखेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

यसैगरी, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव मधुसूदन बुर्लाकोटीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा ल्याइएको छ । राष्ट्रिय सतर्कता केन्द्रका सचिव दिनेशकुमार घिमिरेलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी उनको ठाउँमा केही दिनअघि मात्रै खारेजीमा परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीलाई ल्याइएको छ । यसैगरी, हालै सचिवमा बढुवा भएका कृष्णबहादुर रावतलाई प्रदेश २ वा बागमती प्रदेशमध्ये एकमा पदस्थापन गरिने तयारी गरिएको बताइएको छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ७ : १७ बजे

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर