१९ बैशाख २०८१, बुधबार | May 1, 2024

नेपाल सांगीतिक संघमा पुनः मिलन मोक्तान



काठमाडौं । नेपाल सांगीतिक संघमा मिलन मोक्तान पुनः अध्यक्षतामा निर्वाचित भएका छन् । सांगीतिक संघको आइतबार भएको २२ औं साधारणसभाबाट मिलनको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । मिलन यसअघि पनि दुई कार्यकाल अध्यक्ष नै थिए ।

संघको उपाध्यक्षमा गायक तथा वाद्यवादक खर्कबहादुर बुढा र संगीतकार आशिष अविरल चयन भएका छन् भने महासचिवमा गीतकार सुमन बैरागी निर्वाचित भएका छन् । त्यस्तै सचिवमा संगीत संयोजक विनोदकुमार भुजेल र कोषाध्यक्षमा गायक विमल श्रेष्ठ चयन भएका छन् ।

संघका सदस्यहरुमा नृत्यांगना आशा गौतम, गायिका सीता केसी, गायिका पूर्णिमा लामा, गायिका सूर्यकुमारी जोशी, गीतकार गणेश चौलागाईं, निर्देशक तथा कोरियोग्राफर राजीव बलामी, गायक खगेश्वर रञ्जितकार चयन भएका छन् । कानून व्यवसायी रमेश कोइराला निर्वाचन अधिकृत रहेको निर्वाचन मण्डलले चुनावी प्रक्रिया अगाडि बढाएका थिए ।

२०५६ सालमा लोकगायक कुमार बस्नेतको नेतृत्वमा स्थापना भएको यो संघमा रुबी जोशी, मिरा राणा, तारा थापा, कोमल वलीलगायतले नेतृत्व गरिसकेका छन् ।

 

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ७ : ५५ बजे

नेपाल वेस्ट इन्डिज ए सँग पराजित

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ

चीन सधैँ नेपालको समृद्धि, शान्ति र राजनीतिक स्थिरताको पक्षमा – देव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले हालै

नविल बैंक चोरी प्रकरणमा १ भारतिय सहित ४ जना पक्राउ

वीरगंज । वीरगंजमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने

नेपालले तेस्रो विकेट गुमायो, आरिफ आउट

काठमाडौं । नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका आरिफ