७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोनाले व्यवसाय चलाउन समस्या भएको छ : वरिष्ठ उपाध्यक्ष ढकाल



तनहुँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले कोरोनाका कारण उद्योग व्यवसाय सञ्चालन गर्न समस्या भइरहेको बताएका छन् । ओमिक्रन भेरियन्टको त्रासले नयाँ उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था समेत नरहेको उनको भनाइ छ ।

शुक्लागण्डकी उद्योग वाणिज्य संघको तेस्रो साधारण सभालाई सोमबार सम्बोधन गर्दै ढकालले पुँजी अभावले व्यवसाय सञ्चालनमा समेत कठिनाइ भएको बताए । उनले भने, ‘बैंकमा पनि पुँजी अभाव भएको छ । संघ, प्रदेश र स्थानीय सरकारले खर्च गर्नपर्ने बजेट खर्च तदारुकता देखाएर बजेट खर्च भयो भने आर्थिक कृयाकलाप बढ्छ । त्यो खर्च बजारमा पुँजीको रुपमा आएर पुँजी अभावको समस्या समाधान गर्दछ ।’

उनले कोरोनाको महामारीको बेला स्वास्थ्य मापदण्ड अपनाएर व्यापार व्यवसाय सञ्चालन गर्न सुझाव दिए । ‘व्यवसायिक गतिविधी पनि बढाउन आवश्यक छ । स्वास्थ्य सतर्कता अपनाएर व्यवसाय सञ्चालन गरौँ’ उनले भने ।

उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिवबहादुर कोइरालाले कोरोनाको ओमिक्रोन भेरियन्ट फैलन थालेकाले तीनै तहका सरकार मिलेर उद्योगी व्यवसायीलाई बचाउनुपर्ने बताए । व्यवासायीलाई बचाउन सकेमा मात्र मुलुकमा आर्थिक संकट पैदा नहुने उनको भनाई छ ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले उद्योग वाणिज्य संघले आर्थिक चलायमान र उत्पादकले उत्पादन गरेको बस्तुको बजारीकरणमा भूमिका खेल्नुपर्ने बताए । गण्डकी प्रदेश सरकारले शुक्लागण्डकी नगरपालिका–९ घारी र पोखरा महानगरपालिका–३३ पुँडीटारमा बनाउने भनेको औधगिक क्षेत्रका लागि दुई उद्योग वाणिज्य संघले समन्वयकारी भुमिका खेल्नुपर्ने उनको भनाई छ ।

पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले कोरोनाले उद्योगी व्यवसायीलाई पिडा थपेको सुनाए । ‘कोरोनाको मारले बैंकको व्याज तिर्न सकिरहेका छैनौँ । प्रत्येक दिन पत्रपत्रिकामा व्यवसायीको नाम र फोटो आउँछ । हाम्रो व्यवसायको बिना लगानीको मुनाफा लिने पार्टनर सरकारले हामीलाई बचाउनलाई केही भुमिका खेलेको छैन्’, उनको गुनासो छ ।

महिला उद्यमी विकास समिति शुक्लागण्डकीकी अध्यक्ष तुलसी श्रेष्ठले कोरोनाका कारण महिला उद्यमीले उत्पादन गरेको सामाग्रीले बजार नपाएको बताइन् ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ९ : १० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई