८ बैशाख २०८१, शनिबार | April 20, 2024

कोरोनाले व्यवसाय चलाउन समस्या भएको छ : वरिष्ठ उपाध्यक्ष ढकाल



तनहुँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले कोरोनाका कारण उद्योग व्यवसाय सञ्चालन गर्न समस्या भइरहेको बताएका छन् । ओमिक्रन भेरियन्टको त्रासले नयाँ उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था समेत नरहेको उनको भनाइ छ ।

शुक्लागण्डकी उद्योग वाणिज्य संघको तेस्रो साधारण सभालाई सोमबार सम्बोधन गर्दै ढकालले पुँजी अभावले व्यवसाय सञ्चालनमा समेत कठिनाइ भएको बताए । उनले भने, ‘बैंकमा पनि पुँजी अभाव भएको छ । संघ, प्रदेश र स्थानीय सरकारले खर्च गर्नपर्ने बजेट खर्च तदारुकता देखाएर बजेट खर्च भयो भने आर्थिक कृयाकलाप बढ्छ । त्यो खर्च बजारमा पुँजीको रुपमा आएर पुँजी अभावको समस्या समाधान गर्दछ ।’

उनले कोरोनाको महामारीको बेला स्वास्थ्य मापदण्ड अपनाएर व्यापार व्यवसाय सञ्चालन गर्न सुझाव दिए । ‘व्यवसायिक गतिविधी पनि बढाउन आवश्यक छ । स्वास्थ्य सतर्कता अपनाएर व्यवसाय सञ्चालन गरौँ’ उनले भने ।

उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिवबहादुर कोइरालाले कोरोनाको ओमिक्रोन भेरियन्ट फैलन थालेकाले तीनै तहका सरकार मिलेर उद्योगी व्यवसायीलाई बचाउनुपर्ने बताए । व्यवासायीलाई बचाउन सकेमा मात्र मुलुकमा आर्थिक संकट पैदा नहुने उनको भनाई छ ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले उद्योग वाणिज्य संघले आर्थिक चलायमान र उत्पादकले उत्पादन गरेको बस्तुको बजारीकरणमा भूमिका खेल्नुपर्ने बताए । गण्डकी प्रदेश सरकारले शुक्लागण्डकी नगरपालिका–९ घारी र पोखरा महानगरपालिका–३३ पुँडीटारमा बनाउने भनेको औधगिक क्षेत्रका लागि दुई उद्योग वाणिज्य संघले समन्वयकारी भुमिका खेल्नुपर्ने उनको भनाई छ ।

पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले कोरोनाले उद्योगी व्यवसायीलाई पिडा थपेको सुनाए । ‘कोरोनाको मारले बैंकको व्याज तिर्न सकिरहेका छैनौँ । प्रत्येक दिन पत्रपत्रिकामा व्यवसायीको नाम र फोटो आउँछ । हाम्रो व्यवसायको बिना लगानीको मुनाफा लिने पार्टनर सरकारले हामीलाई बचाउनलाई केही भुमिका खेलेको छैन्’, उनको गुनासो छ ।

महिला उद्यमी विकास समिति शुक्लागण्डकीकी अध्यक्ष तुलसी श्रेष्ठले कोरोनाका कारण महिला उद्यमीले उत्पादन गरेको सामाग्रीले बजार नपाएको बताइन् ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ९ : १० बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं । । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले