५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

पोखरामा जलपंक्षीको गणना थालियो



पोखरा । पोखरा उपत्यकामा मंगलबारदेखि जलपंक्षी गणना सुरु भएको छ । सन् १९८७ देखि वर्षेनि नियमित रूपमा गरिँदै आएको जलपंछी गणना पोखरा उपत्यकामा रहेका तालहरुबाट सुरु गरिएको हो । सन् २००४ बाट पोखरा उपत्यकामा नियमित आधिकारिक गणना र अभिलेख राखिएको छ ।

प्रत्येक वर्ष अंग्रेजी महिना जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तामा जलपंक्षी गणना गरिन्छ । गणनामा पंक्षी अवलोकन कर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय, पत्रकार र संरक्षण संघ, संस्थाको सहभागिता छ ।

सिमसारमा आश्रित पानी चराहरूको अवस्था पत्ता लगाउन, संख्या अध्यावधिक गर्न र संरक्षणमा स्थानीय समुदायलाई सहभागी गराउन गणना सुरु गरिएको गण्डकीको वन मन्त्रालयले जनाएको छ ।

पहिलो दिन बिजयपुर खोला, कमलपोखरी, गुँदे ताल, खास्टे, न्युरेनी, दिपाङ, मैदी ताल, बेगनास र रुपा तालमा तथा दोस्रो दिन फेवातालमा जलपंछी गणना गरिएको पोखरा पंक्षी समाजका अध्यक्ष तथा गणनाका क्षेत्रीय प्रतिनिधी मनशान्त घिमिरेले जानकारी दिए ।

हाल सम्म गरिएको गणनामा पोखरा उपत्यकामा ४६ प्रजातिका पानी चराको अभिलेख गरिएपनि बर्षै भरि गरिने अध्ययनमा १०२ प्रजातिका पानी चरा देखिएको उनको भनाइ छ ।

‘पोखरा पानी चराका लागि उपयुक्त मौसम र भुगोल छ । यहाँ चराहरु रमाउन सक्छन्,’ उनले भने, ‘विस्तारै मानवीय गतिविधिले जलकुण्डहरु हराएका छन् । चराहरु पनि घट्दै गएका छन् ।’ पोखरामा रैथाने पन्छीसँगै वर्षेनी घुमन्ते पंक्षीहरु समेत विचरण गर्ने गर्छन् ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ७ : २६ बजे

निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रह बन्न गएको छ : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन

बुटवलको सेमलारमा भोलीदेखी श्रीमद् भागवत महायज्ञ सञ्चालन हुँदै

बुटवल । राष्ट्रिय परोपकार महासंघ रुपन्देहीको आयोजनामा बुटवल १५ सेमलार

विश्वदीप निरन्तर घरदैलोमा, मतदातामा उत्साह

बुटवल । रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले

११ औं संस्करणको साई ग्लोबल कप सुरु, रुपन्देही क्याम्पस र साई ग्लोबलको विजयी सुरुवात

भैरहवा । मंगलबारदेखि भैरहवामा ११औं संस्करणको जिल्लास्तरीय अन्तरकलेज साई ग्लोबल

रासस ६५ औं स्थापना दिवश : निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयनमा जोड

बुटवल । राष्ट्रिय समाचार समिति(रासस) को ६५ औं वार्षिकोत्सवका अवसरमा